Skip This
वाणिज्य बैंक र बिमा कम्पनीले बढाए नेप्से
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर २९ सोमबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर २९ सोमबार o८:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

वाणिज्य बैंक र बिमा कम्पनीले बढाए नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर २९ सोमबार o८:२५:oo

सामान्य दरमा वृद्धि भइरहेको नेप्सेलाई आइतबार मध्याह्नपछि उच्च वृद्धि भएको वाणिज्य बैंक, जीवन र निर्जीवन बिमा कम्पनीहरूले थप माथि पुर्‍याएको छ । आइतबार समग्रमा भने नेप्से परिसूचक करिब ४७ अंकले बढेर २ हजार १० बिन्दुमा पुगेको छ । 

कारोबारको मध्यसम्म १० अंकको वृद्धि देखिएको नेप्सेले मध्याह्नपछि थप अंक जोडेको थियो । दिनभरको कारोबारमा भने नेप्से एकपटक पनि अघिल्लो दिनको बन्द बिन्दुभन्दा तल आएन । आइतबार मध्याह्नपछि एनआइसी एसिया बैंकको ६ सय ५० रुपैयाँ, नेपाल बंगलादेश बैंकको २ सय ७७ रुपैयाँ, प्रभु बैंकको ३ सय ४७ रुपैयाँ र मेगा बैंकको २ सय ६५ रुपैयाँको तहभन्दा माथि उक्लिएको थियो ।

बजार बन्द हुँदा यी कम्पनीहरूको मूल्य क्रमशः ६ सय ५० रुपैयाँ, २ सय ७८, ३ सय ४९ र २ सय ६८ रुपैयाँ पुगेको हो । यी कम्पनीमा ४ देखि ७ प्रतिशतसम्म मूल्यवृद्धि भएको हो । बैंकिङ समूहको समूहगत परिसूचक ३ प्रतिशत अर्थात् करिब ४६ अंक वृद्धि भएको छ । 

लाइफ इन्स्योरेन्स, एसियन लाइफ, प्रिमियम इन्स्योरेन्स, शिखर इन्स्योरेन्सलगायतको मूल्य बढेर जीवन तथा निर्जीवन बिमा कम्पनीको समूहगत परिसूचक वृद्धि भएको हो । जीवन बिमा समूहगत परिसूचक ४ दशमलव ३७ प्रतिशत र निर्जीवन बिमा १ दशमलव ८४ प्रतिशतले वृद्धि भएको हो । 

यस दिन लघुवित्त कम्पनीहरूमध्ये केही सबैभन्दा धेरै मूल्य बढ्नेहरूमा रहे । माहुली, साधना, लक्ष्मी र गणपति लघुवित्त कम्पनीहरूको मूल्य ४ देखि १० प्रतिशतसम्म वृद्धि भएको छ । पहिलोपटक लाभांश घोषणा गरेको साधना लघुवित्तको आइतबार लाभांश सार्वजनिक भएको हो ।

कम्पनीले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेर १ हजार १ सय ४२ रुपैयाँ पुगेको छ । त्यस्तै, मर्जरका कारण कारोबार रोकिँदै आएको माहुली लघुवित्तको आइतबारबाट कारोबार सुचारु भएको हो । माहुली र नवकीरण लघुवित्त कम्पनी १ सय कित्ताबराबर ९५ हुने गरेर मर्ज गरेको हो । 

आइतबार बजारमा कारोबारमा आएका २ सय ३ मध्ये १ सय ३७ किसिमका धितोपत्र तथा ऋणपत्रको मूल्य बढेर किनबेच भएको छ भने ३७ वटाको मूल्य घटेको छ । यस दिन बजारमा ४ अर्ब ८९ करोड रुपैयाँको सेयर किनबेच भएको हो । यस दिन व्यापारमूलक, होटेल र जलविद्युत् समूहको परिसूचक मात्रै घटेको छ । 

यस दिन नेप्सेको मैनबत्ती चित्रले सानो तल्लो धागोसहितको लामो शरीर भएको सेतो मैनबत्ती बनाएको छ । बजार बुलिस रहेको यसले संकेत गर्छ । यद्यपि, अघिल्लो दिनको उच्च बिन्दु २०७३ नाघ्न सकेको छैन । नेप्सेको रेखाचित्रले करिब डबल बटम आकृति बनाएको छ । यसले थप मूल्य बढ्न सक्ने संकेत गरेको छ । 

यसअघि ७ दिने मुभिङ एभरेजले नै नेप्सेको प्रतिरोधको काम गरिरहेकोमा हाल नेप्से यो रेखाभन्दा माथि उक्लिएको छ । २१ दिने मुभिङ एभरेज रेखाभन्दा माथि नै ७ दिने रेखा रहेकाले बजार बुलिस प्रवृत्तिमै भएको संकेत गर्छ । नेप्सेको १४ दिने आरएसआई सूचक पनि ६९ को तहमा उक्लिएको छ । ७० स्केलमाथि पुगे बजारमा खरिद चाप अत्यधिक भएको संकेत गर्छ । 

ad
ad
ad
ad