Skip This
कारागार कार्यालय परासीका प्रशासक घुस रकमसहित अख्तियारको नियन्त्रणमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
२o८१ असार २३ आइतबार २o:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कारागार कार्यालय परासीका प्रशासक घुस रकमसहित अख्तियारको नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार २o:o१:oo

कारागार कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोदकुमार दत्त घुस रकमसहित पक्राउ परेका छन्।

सेवाग्राहीलाई काम गरेबापत पाउने सेवा-सुविधा दिन सहजीकरण गरिदिने भनी घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले आज दत्तलाई नियन्त्रणमा लिएको हो। 

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार दत्तलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र स्रोत नखुलेको पचास हजार रुपैयाँसहित कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा रहेको कारागार प्रशासकको निवासबाट आज नियन्त्रणमा लिइएको हो। 

पक्राउ परेका दत्तविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।