Skip This
काठमाडौं महानगरले थाल्यो एसइई पूरक परीक्षाको तयारी कक्षा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
२o८१ असार २३ आइतबार २२:o१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरले थाल्यो एसइई पूरक परीक्षाको तयारी कक्षा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार २२:o१:oo

काठमाडौं महानगरपालिकाले एसइई पूरक परीक्षामा सहभागी हुने विद्यार्थीलाई ध्यान दिँदै तयारी कक्षा सुरु गरेको छ । अनुत्तीर्ण विद्यार्थीलाई स्रोत केन्द्रको क्याम्पमै राखेर कक्षा सुरु गरिएको हो । 

महानगरका सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले विद्यार्थी पास गराउनभन्दा पास गराउने वातावरण तयार गर्न स्रोत केन्द्र क्याम्प महत्त्वपूर्ण रहेको बताए । महानगरले ११ वटा स्रोत केन्द्र बनाएर विभिन्न विद्यालयका विद्यार्थीलाई तयारी कक्षा थालेको छ । महानगरको शिक्षा विभागले महानगरभित्र रहेका ३२ वटै वडाका विद्यालयलाई स्रोत केन्द्र छुट्याइको छ । ‘स्रोत केन्द्रमा विद्यार्थीको सिकाइ विकास गर्नका लागि हो, यसले उनीहरू कसरी पढ्ने, के पढ्ने, के–के परामर्श लिने भन्ने कुराहरू सिक्छन्,’ सहरी योजना आयोगका सदस्य इन्जिनियर झाले भने, ‘यसो गर्दा विद्यालयलाई र विद्यार्थीलाई सहज हुनेछ ।’

विद्यालय तथा विद्यार्थीले आफ्नो स्रोत केन्द्र पहिचान गरी क्याम्पमा सहभागी हुन सक्नेछन् । सहरी योजना आयोगका सदस्य इन्जिनियर झाका अनुसार केन्द्रीय सरकारले पनि केही वर्षअघि केन्द्र स्थापना गरेको थियो । तर, पछिल्लो समय ती स्रोत केन्द्रहरू बन्द थिए । महानगरले एसइईमा अनुत्तीर्ण भएका विद्यार्थीलाई थप सहज बनाउन स्रोत केन्द्र तयार पारेको हो । एसइई परीक्षामा महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूबाट ८७३ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । स्रोत केन्द्र पनि यिनै विद्यार्थीलक्षित हो ।

महानगरले शान्ति निकुञ्ज मावि, भगवतीबारी, टंगाल मावि, टंगाल, जनप्रभात मावि, कालीकाटी, शिवपुरी मावि, महाराजगन्ज, पद्मकन्या मावि, डिल्लीबजार, पशुपति मित्र मावि, चाबहिल, कोटेश्वर सरस्वती मावि, कोटेश्वर, गुह्येश्वरी मावि, सिनामंगल, शान्ति शिक्षा मावि, थहिटी, तरुण मावि, बालाजु र महेन्द्र बौद्ध मावि, बौद्धमा महानगरले स्रोत केन्द्र कक्षा सञ्चालन गरेको छ । यी केन्द्रहरूमा विद्यार्थी गएर एसइईलक्षित कक्षा लिन सक्नेछन् । यसबाहेक हरेक विद्यालयले पनि अनुत्तीर्ण विद्यार्थीलक्षित तयारी कक्षा सञ्चालनको तयारी थालेका छन् ।