Skip This
सुर्खेतमा खोलाले बगाउँदा बालिका बेपत्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
रमेश रावल सुर्खेत
२o८१ असार २३ आइतबार १९:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुर्खेतमा खोलाले बगाउँदा बालिका बेपत्ता

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार १९:५९:oo

सुर्खेतमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छिन्। सुर्खेतको सिम्ता गाउँपालिका–९ खान्मकी ९ वर्षीया मनीषा बादी खोलाले बगाउँदा बेपत्ता भएकी हुन्।

आइतबार दिउँसो स्थानीय कुदाल खोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 
आली गाउँबाट खान्म गाउँतर्फ जाँदै गर्दा उनलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

बेपत्ता बालिकाको प्रहरी र स्थानीयद्वारा खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।