Skip This
गैरकानुनी आर्जन अभियोगमा वीरगन्ज नापतौल कार्यालयका निरीक्षकलाई ६ महिना कैद
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
२o८१ असार २३ आइतबार २o:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गैरकानुनी आर्जन अभियोगमा वीरगन्ज नापतौल कार्यालयका निरीक्षकलाई ६ महिना कैद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार २o:१९:oo

तीन करोड रुपैयाँभन्दा बढीको स्रोत खुलाउन नसकेपछि गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका वरिष्ठ निरीक्षकलाई सजाय सुनाइएको छ। उक्त कार्यालयका निरीक्षक शशीभूषणकुमार यादवले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पुष्टि भएको हो। 

यादवसमेत चारजनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ जेठ ०८० मा मुद्दा दायर गरेको थियो। उनले सार्वजनिक पदमा रहँदा अवैध रूपमा आर्जन गरेको तथा त्यसबाट बढे, बढाएको सम्पत्ति श्रीमती रिना रानी र छोराहरू विकास यादव, अविनास यादवको नाममा राखेको दाबीसहित मुद्दा दर्ता भएको थियो। 

उनी ०४६ जेठदेखि सरकारी सेवामा प्रवेश गरेका हुन्। अख्तियारले उनको ०७९ असारसम्मको आय गणना गरेको थियो। जस क्रममा उनको खर्च तथा लगानी सात करोड २४ लाख ५६ हजार रुपैयाँ रहेको भेटिएको थियो भने वैध आय केवल दुई करोड ७७ लाख रुपैयाँ हुनुपर्ने थियो। 

अख्तियारले स्रोत नखुलेको चार करोड ४७ लाख रुपैयाँलाई बिगो कायम गर्दै मुद्दा चलाएकोमा विशेषले भने उनको अवैध आय तीन करोड ३० लाख ५१ हजार रुपैयाँ रहेको ठहरसहित सजाय सुनाएको हो। 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस मुद्दामा फैसला गरेको हो। उक्त इजलासले यादवलाई ६ महिना कैद तथा बिगोबमोजिम जरिवाना र बिगोबराबरको सम्पत्ति जफत हुने फैसला गरेको छ।