Skip This
बलात्कार कसुर मिलापत्र गराउने ६ जना पक्राउ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २६ बुधबार ११:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बलात्कार कसुर मिलापत्र गराउने ६ जना पक्राउ 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार ११:५९:oo

पाँच लाख रुपैयाँ दिएर बलात्कार कसुर मिलापत्र गराएको आरोपमा मोरङ प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । 

२४ भदौ ०७७ मा मोरङको धनपालथान गाउँपालिका– ५ मा धानखेतमा मल छर्ने क्रममा बेलवारी नगरपालिका– ८ का ३२ वर्षीय सुरेशकुमार खवासले २१ वर्षीया युवतीलाई बलात्कार गरेका थिए । उक्त घटनालाई पाँच लाख दिएर मिलापत्र गराएको आरोपमा प्रहरीले उनीलाई पक्राउ गरेको  हो । 

जघन्य फौजदारी अपराध मिलाप गराएको आरोपमा पक्राउ पर्नेहरूमा मोरङको धनपालथान गाउँपालिका– ५ का धनेशु खवास, सुधारसिंह खवास, मागन खवास र कलकनु खवास छन् । यस्तै रंगेली नगरपालिका–१ का ६७ जगत नारायण खवास तथा बेलबारी नगरपालिका– ८ का मथालु खवास रहेको प्रहरीले जनाएको छ । 

प्रहरीले उनीहरूको साथबाट बलात्कारको घटना पाँच लाख रुपैयाँमा मिलापत्र गराएको कागज पनि बरामद भएको छ । बलात्कार कसुर मिलापत्र गराउने सबैलाई मतियारको रूपमा कानुनअनुसार कारबाहीको प्रक्रिया अघि बढाउने मोरङ प्रहरी प्रपक्ता डिएसपी मानबहादुर राईले बताए ।  

पीडित युवतीले पाँच लाख रुपैयाँ दिएर दबाबमा मिलापत्र गराएको भन्दै २५ असोजमा इलाका प्रहरी रंगेलीमा किटानी जाहेरी दिएकी थिइन् । 

बलात्कारपछि फरार भएका सुरेशलाई प्रहरीले रंगेली बजारबाट १९ मंसिरमा फक्राउ गरेर जबर्जस्ती करणी आरोपमा अदालतमा मुद्दा दर्ता गराएको थियो ।  
  
 

ad
ad