१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १९:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डले ओलीलाई भने– प्रस्तुतिमा आत्मालोचनाको भाव देखिएन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १९:o५:oo

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीमा अझै कमजोरी महसुस गरेर आत्मालोचनासहित पार्टीलाई अघि बढाउने भाव नदेखिएको बताएका छन् । प्रधानमन्त्री ओलीको एक घन्टा लामो मन्तव्यपछि शनिबारको सचिवालय बैठकमा छोटो सम्बोधन गरेका प्रचण्डले त्यस्तो बताएका हुन् ।

‘उहाँको प्रस्तावबारे त अध्ययन गरिसकेपछि नै भन्न सकिएला, तर प्रस्तुतिमा कति पनि आत्मलोचनाको भाव देखिएन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने ।

यद्यपि, ओलीका तर्फबाट जवाफी प्रस्ताव आउनुलाई आफूले सकारात्मक रूपमै लिएको बताउँदै प्रचण्डले दुवै प्रस्तावमाथि सही ढंगले छलफल गरिए पार्टी एकतालाई अझ उन्नत र मजबुद बनाउन सकिने विश्वास व्यक्त गरेका थिए ।
‘आत्मालोचनाको भाव नदेखिए पनि प्रस्ताव आउनु सकारात्मक कुरा हो । यसको हामी स्वागत गर्छौँ । अब व्यवस्थित छलफल गर्छौँ । पार्टी एकताको रक्षा गर्न नै मैले पनि प्रस्ताव प्रस्तुत गरेको हुँ । तपाईंको प्रस्तावलाई पनि सही ढंगले छलफल गरियो भने पार्टी एकता अझ उन्नत र मजबुद हुन्छ,’ प्रचण्डको भनाइ थियो ।

यो पनि पढ्नुस

प्रचण्डलाई ओलीको प्रश्न- यो स्वस्थ नीतिगत बहस हो कि ‘वार कि पार’को लडाइँ ?  [प्रस्तावकाे पूर्णपाठ]

३८ पेजको प्रस्तावअघि प्रचण्डलक्षित ओलीको प्रश्न : सधैँ आफ्नै लागि दौडधुप केका लागि ? 

नेपाल र खनालले भने– बैठकको निर्णयलाई सबैले मान्नुपर्छ, चार नेता मौन 

निर्णयमै पहिला सहमति खोजेर बैठक बस्न खोज्ने तरिका ठीक होइन : उपाध्यक्ष गौतम 

ad
ad