१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर १३ शनिबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर १३ शनिबार १८:४६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

३८ पेजको प्रस्तावअघि प्रचण्डलक्षित ओलीको प्रश्न : सधैँ आफ्नै लागि दौडधुप केका लागि ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर १३ शनिबार १८:४६:oo

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी स्वार्थपूर्ति र पदका लागि दौडधुप र दाउपेच गरिरहेको आरोप लगाएका छन् । ३८ पेजको जवाफी राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुअघि बैठक सुरु गर्दै एक घन्टा लामो सम्बोधन गरेका प्रधानमन्त्री ओलीले प्रचण्डलाई लक्षित गर्दै त्यस्तो आरोप लगाएका हुन् । बैठकमा त्यसपछि प्रधानमन्त्री ओलीको राजनीतिक प्रस्ताव अध्ययनका लागि नेताहरूलाई बाँडिएको थियो ।

‘तपाईंले हेर्दा हामी आफ्नै घरमा छौँ, आफ्नै घर छ, भाग्यमानी छौँ । नभए पनि घरबेटीको घरमा बस्छौँ, तर जनताले के पाए ? हामी जनतालाई के दिन्छौँ, के दिन खोजिरहेका छौँ भन्नेबारेमा छलफल गर्न तपाईंहरूलाई कहिल्यै किन फुर्सद हुँदैन ?’ प्रचण्ड नियमित रूपमा अलग्गै गुट बैठकमा सक्रिय भएकोतर्फ इंगित गर्दै बैठकमा ओलीले राखेको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘खालि म, मेरो, मेरो परिवारको छलफल । त्यसका आधारमा हेर्दा दौडधुप के हो ?, केका लागि हो ?’

आफूविरुद्ध नियोजित रूपमै घेराबन्दी गरेर सरकारलाई असफल बनाउन खोजेको, जनताले पार्टीलाई दिएको जनमतलाई पद प्राप्तिका लागि दाउपेचमा उपयोग गरेको भन्दै प्रधानमन्त्री ओली आक्रामक रूपमा प्रस्तुत भएका थिए । ओलीले प्रतिवेदनमार्फत पनि प्रचण्डले उठाएका लगभग सबै प्रश्नको जवाफ दिँदै पुष्टि फौजदारी अभियोगसँग सम्बन्धित आरोप गर्न नसक्ने हो भने पद त्याग र कारबाही भोग्नसमेत तयार हुनुपर्ने भन्दै चुनौतीसमेत पेस गरेका छन् ।

यो पनि पढ्नुस

प्रचण्डलाई ओलीको प्रश्न- यो स्वस्थ नीतिगत बहस हो कि ‘वार कि पार’को लडाइँ ?  [प्रस्तावकाे पूर्णपाठ]

प्रचण्डले ओलीलाई भने– प्रस्तुतिमा आत्मालोचनाको भाव देखिएन 

नेपाल र खनालले भने– बैठकको निर्णयलाई सबैले मान्नुपर्छ, चार नेता मौन 

निर्णयमै पहिला सहमति खोजेर बैठक बस्न खोज्ने तरिका ठीक होइन : उपाध्यक्ष गौतम