मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ मङ्सिर १३ शनिबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर १३ शनिबार १९:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्णयमै पहिला सहमति खोजेर बैठक बस्न खोज्ने तरिका ठीक होइन : उपाध्यक्ष गौतम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर १३ शनिबार १९:२२:oo

नेकपा उपाध्यक्ष वामदेव गौतमले सचिवालय बैठकमा छलफल गर्ने प्रस्ताव र बैठकले गर्ने निर्णयमै पहिला सहमति खोजेर बैठक गरौँ भन्ने शैली बेठीक भएको भन्दै ओलीको आलोचना गरेका छन् । 

‘बैठक राख्न पनि सहमति हुनुपर्ने भन्ने कुरा ठीक होइन । सचिवालयको एउटा सदस्यले माग गरे पनि बैठक हुनुपर्छ । दुईजनाको बीचमा सहमति भएन भने पनि बैठक हुनुपर्छ,’ गौतमको भनाइ थियो, ‘बैठकमा के पास गर्ने, निर्णय गर्ने भनेर सहमति गरेर मात्र बैठक राख्ने भन्ने कुरा ठीक छैन, यो तरिका बदल्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले पहिले दुई अध्यक्षबीच सहमति गरेपछि मात्र बैठक बस्नुपर्ने अडान राख्दै आएको पृष्ठभूमिमा गौतमले बैठकमा त्यस्तो धारणा राखेका हुन् । 

यो पनि पढ्नुस

प्रचण्डलाई ओलीको प्रश्न- यो स्वस्थ नीतिगत बहस हो कि ‘वार कि पार’को लडाइँ ?  [प्रस्तावकाे पूर्णपाठ]

३८ पेजको प्रस्तावअघि प्रचण्डलक्षित ओलीको प्रश्न : सधैँ आफ्नै लागि दौडधुप केका लागि ? 

प्रचण्डले ओलीलाई भने– प्रस्तुतिमा आत्मालोचनाको भाव देखिएन 

नेपाल र खनालले भने– बैठकको निर्णयलाई सबैले मान्नुपर्छ, चार नेता मौन