१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस/एएनआई
२०७७ मङ्सिर ७ आइतबार १२:४१:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकी विदेशमन्त्री पोम्पेओद्वारा अफगानिस्तानमा जारी हिंसा घटाउन आग्रह

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ मङ्सिर ७ आइतबार १२:४१:००

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अफगानिस्तान सरकार र तालिबान सशस्त्र समूहका विद्रोहीहरूका शान्ति वार्ताका मध्यस्थकर्ताहरूसँग भेट गरेका छन् । कतारको दोहामा रहेका पोम्पेओले उनीहरूसँग शनिबार दोहामा भेट गरेका हुन् । 

ती दुवैजनासँगको भेटमा विदेशमन्त्री पोम्पेओले अफगानिस्तानमा पछिल्ला समयमा हिंसा बढेकोप्रति चिन्ता व्यक्त गरेका थिए । उनले अफगानिस्तानमा यस्तो प्रकारको हिंसालाई घटाउन, शान्ति वार्ताको समयमा गरेको प्रतिबद्धताबमोजिम युद्धविरामको अवस्था पालना गर्न सुझाब दिएका थिए । 

साथै पछिल्लो समय अफगानिस्तान सरकार र तालिबानका तर्फबाट सुरु भएको वार्ता पनि रोकिएकाले त्यस वार्ताको क्रमलाई अघि बढाउन पनि उनले दुवैतर्फका वार्ता टोलीका संयोजक तथा मध्यस्थकर्ताहरूलाई आग्रह गरेका थिए ।

शनिबार मात्र पनि अफगानिस्तानको राजधानी काबुलमा रकेट आक्रमण गरिएको थियो । सो रकेट आक्रमणमा कैयौँ मानिस मारिएका थिए । २३ वटा रकेट आक्रमण गरेर हिंसात्मक हमला भएको दिन नै अमेरिकी विदेशमन्त्री पोम्पेओ दोहा पुगेका थिए ।

करिब दुई महिनाअघि देखि दोहामा अफगानिस्तान सरकार र तालिबानको शान्ति वार्ता सुरु भएको भनिएको थियो, तर अहिले सो वार्ता रोकिएको छ ।