मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/ सिन्ह्वा
२०७७ मङ्सिर ६ शनिबार १२:१३:००
Read Time : < 1 मिनेट
विश्व

राष्ट्रसंघका महासचिवद्वारा जी–२० का नेताहरूलाई एकताबद्ध हुन आग्रह 

Read Time : < 1 मिनेट
रासस/ सिन्ह्वा
२०७७ मङ्सिर ६ शनिबार १२:१३:००

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले जी– २० का नेताहरूलाई एकताबद्ध भएर काम गर्न आग्रह गरेका छन् । उनले विश्वमा हाल देखा परिरहेका विभिन्न खालका समस्याको समाधानका लागि एकताबद्ध हुन र आपसी सहयोगका साथ अघि बढ्न आग्रह गरेका हुन् । 

जी–२० को यसै साताको अन्त्यमा अनलाइन बैठक हुन लागेको छ । बैठकअघि उनले विश्वका नेताहरूलाई यो आग्रह गरेका हुन् । ‘विश्वमा अहिले विशेष गरेर कोभिड– १९ संक्रमण महामारीका रूपमा देखा परिरहेको छ र यस्तो अवस्थामा विश्वमा आर्थिक मन्दीको अवस्था पनि देखिएको छ,’ उनले भने, ‘यस्ता र अरू पनि समस्या समाधान गर्न एकताबद्ध हुनुको विकल्प छैन ।’ शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा संवाददाताहरूसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन् ।

उनले पत्रकार सम्मेलनमा भने, ‘विश्वका जी–२० का नेताहरूको यसै साताको अन्त्यमा अनलाइन बैठक हुँदै छ, त्यसमा मेरो पनि सहभागिता हुनेछ, तर मेरो सन्देश निकै साधारण छ र त्यो सन्देश हो कि विश्वमा अहिले देखापरेका विभिन्न खालका समस्याको समाधानका लागि हामीले एकताबद्ध भएर लाग्नुपर्छ ।’