मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ३ बुधबार १५:३५:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाली क्रिकेटको एकदिवसीय मान्यता एक वर्ष थप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ३ बुधबार १५:३५:००

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको एकदिवसीय मान्यता एक वर्ष लम्बिएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपालको एकदिवसीय मान्यता एक वर्ष लम्ब्याएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचनपछि भएको बुधबार भएको पहिले साधारणसभामा अध्यक्ष चतुरबहादुर चन्दले आइसिसीद्वारा नेपालको एकदिवसीय मान्यता एक वर्ष लम्ब्याएको जानकारी गराए । 

भर्जुअल माध्यमबाट भएको साधारणसभामा अध्यक्ष चन्दले ०२३ सम्म नेपाल एकदिवसीय मान्यता प्राप्त टोली नै रहने जनाएका छन् । 

कोरोना भाइरस महामारी रूपमा रहेकाले आइसिसीले एसोसिएट राष्ट्रले प्राप्त गरेको एकदिवसीय मान्यता थप एक वर्ष थपेको हो । 

सन् २०१८ मा जिम्बाबेमा सम्पन्न एकदिवसीय विश्वकप छनोटमा एसोसिएटतर्फ उत्कृष्ट चारभित्र रही नेपालले अस्थायी रूपमा चार वर्षका लागि एकदिवसीय मान्यता प्राप्त गरेको थियो । नेपालको २०२२ मार्चसम्म एकदिवसीय मान्यता थियो । 

जिम्बाबेमा भएको विश्वकप छनोटमा नेपालले प्ले अफमा पपुवान्युगिनीलाई ६ विकेटले हराएको थियो । 

अर्को खेलमा नेदरल्यान्डले हङकङलाई ४४ रनले पराजित गर्दा नेपालले चार वर्षका लागि अस्थायी रूपमा एकदिवसीय मान्यता प्राप्त गरेको हो । 

यसअघि चार वर्षको प्रदर्शन आधारमा आइसिसीले मान्यता थप गर्ने वा नगर्ने भन्ने थियो । 

एकदिवसीय मान्यता प्राप्त गरेको वर्षमै नेपालले नेदरल्यान्डविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेको थियो । नेपालले अहिलेसम्म एकदिवसीय खेलमा पाँच जित र पाँच हार सामना गरेको छ । 

कोरोना भाइरसले आइसिसी विश्वकप लिग २ स्थगित भए पनि नेपाल यसमा सहभागी छ ।

अहिलेसम्म नेपालले लिगमा चार खेलमा दुई जित र हार निकालेको छ । गत माघमा नेपालले घरेलु मैदान टियुमा ओमान र अमेरिकाविरुद्ध लिग २ मा प्रतिस्पर्धा गरेको थियो । 

नेपालले अमेरिकालाई दुईवटै खेलमा हराएको थियो । नेपाल ओमानसँग दुवै खेलमा पराजित भयो । 

नेपाल २०२१ को सिजनमा आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा सहभागी हुन सक्छ ।