मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर ३ बुधबार
  • Thursday, 19 December, 2024
२o७७ मङ्सिर ३ बुधबार १२:५५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मकैमा किरा लागेपछि रौतहटका किसान चिन्तित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर ३ बुधबार १२:५५:oo

रौतहटको उत्तरी भेगका किसानले लगाएको मकैबालीमा किरा लागेपछि किसान चिन्तित बनेका छन् । 

मकै उम्रनेबित्तिकै किराले मकैको बाेटै सखाप पार्न थालेपछि किसान चिन्तित भएका हुन् । 

चन्द्रपुर नगरपालिका– ४ को कप्तान टोलका किसानले लगाएको करिब १० बिघाको मकैबाली किराले नष्ट गरेपछि किसान मकै काटेर अन्य लगाउन बाध्य भएको स्थानीय किसान केदार तिमल्सिनाले बताए । 

आफूले लगाएको मकैबारीमा ६ पटकसम्म औषधि हाल्दासमेत किराले मकैको बाेट खान नछाडेपछि अब आफू मकै मासेर अन्य बाली लगाउने साेचमा रहेको तिमल्सिनाले बताए । 

सोही स्थानका अर्का किसान बाबुराम तिमल्सिनाले एक बिघामा लगाएको मकैबाली किराले नष्ट गरेपछि उनले मकै मासेर तोरी लगाएको बताए । 

हाइब्रेड जातको मकै लगाएका किसानलाई किराले दुःख दिएपछि उनीहरूले चन्द्रपुर नगरपालिकालगयतका समबन्धित निकायमा जानकारी गराएको भए पनि कुनै सुनुवाइ नभएको किसानको गुनासो रहेको छ । 

पाँच सय ७५ रुपैयाँ किलोको मकैको बिउ ल्याएर रोपेका किसानले एग्रोभेटबाट पटकपटक विभिन्न औषधि ल्याएर छिर्कँदासमेत औषधिले काम नगरेको उनीहरूको भनाइ रहेको छ । 

जिल्ला कृषि ज्ञान केन्द्रलाई समेत सो विषयमा जानकारी गराएको भए पनि सम्बन्धित निकायले चासो नदिएको किसानको गुनासो छ । 

जिल्लाको उत्तरी भेगमा हरेक वर्ष हाइब्रेड जातको मकैमा विभिन्न रोग देखापरेर किसानले लगाएको मकैबाली प्रभावित हुँदै आएको छ ।