मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ३० आइतबार १२:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शुभ–दीपावलीअन्तर्गत आज गाई तथा गाेरु तिहार मनाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ३० आइतबार १२:०३:००

आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन । आज गाई तिहार, गाईको पूजाआजा गरी मनाइँदै छ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट जस्तै माया पाइने धार्मिक विश्वासका साथ पूजा गरी गाई तिहार मनाइएको हो । 

वैदिक सनातन संस्कृति र ओमकार परिवारले गाईलाई आमाका रूपमा पूजा गर्ने गर्दछन् ।

हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ । यस वर्ष आज नै गोरु तिहार पनि परेको छ । 

तिथिहरूको घटबढका कारण यो वर्ष गाई र गोरु तिहार एकैदिन परेको छ । गाई जगत्जननी भएकाले पनि सनातन संस्कृतिअनुसार पूजा गर्ने गरिएको सर्वसाधारण बताउँछन् । गाईको दूध, गहुँत, गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको सर्वसाधारणको भनाइ छ ।

श्रद्धालु सुनिता भट्टराईले वर्षाैँदेखि परिवारमा गाईका पूजा गर्ने गरिएको र आफूले पनि आस्थाका साथ पूजा गर्ने गरेको बताइन् । 

त्यसैगरी अर्का श्रद्धालु रामकुमार भट्टराईले पनि आफ्नो संस्कृतिअनुसार परम्परालाई निरन्तरता दिएको बताए ।

आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्न रोगहरूमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्व अझ बढेको छ । 

आज नै तीन बजेपछि गोरु तिहार मनाइँदै छ । आजैका दिन बेलुकी घरघरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ । 

देऊ शुभ भन्ने क्रममा अपभ्रंश भई देउसी भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यसपटक कोरोना महामारीका कारण औसत समयमा जस्तो देउसीभैलो कार्यक्रम भने हुने छैन ।