१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २७ बिहीबार ०५:४६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राष्ट्रिय वाणिज्य बैंक र पूर्वसशस्त्र प्रहरी संघबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २७ बिहीबार ०५:४६:००

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पूर्वसशस्त्र प्रहरी संघबीच संघका सदस्यलाई बैंकले पेन्सनर कर्जा प्रवाह गर्ने सम्झौता भएको छ । नेपाल पूर्वसशस्त्र प्रहरी संघले कर्जा आवश्यक भएका आफ्ना सदस्यलाई बैंकमा सिफारिस गरेपछि कर्जा प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौताअनुसार बैंकले सिफारिस भएर आएका सदस्यलाई बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधीनमा रही अधिकतम १० लाख रुपैयाँसम्म आधार दरमा २ प्रतिशत प्रिमियम जोडेर पेन्सनर कर्जा प्रवाह गर्ने जनाएको छ ।

सम्झौतामा हस्ताक्षर गर्दै बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सशस्त्र प्रहरी सेवाबाट अवकाश प्राप्त गरेपछि पनि साना तथा मध्यम व्यवसाय गरी उत्पादनसँग जोडिन यो कर्जाले सघाउ पुग्ने बताए । पूर्वसशस्त्र प्रहरीको आर्थिक अवस्था सुधार गर्न यो कर्जाले सघाउ पुर्‍याउने श्रेष्ठको भनाइ थियो ।

सम्झौतामा हस्ताक्षरपछि संघका अध्यक्ष किशोरकुमार लामाले अवकाशप्राप्त सुरक्षाकर्मीले वैदेशिक रोजगारीमा नगई नेपालमै केही कार्य गर्न सकिने बताए । बैंकका हाल ७७ जिल्लामा २ सय ४२ शाखा कार्यालय, २ सय ५ एटिएम र ९३ शाखारहित बैंकिङ सेवा रहेको जनाइएको छ ।