१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० पौष २० शुक्रबार ११:२७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रावा बैंकका अध्यक्ष ढुंगानाको शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष २० शुक्रबार ११:२७:००

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिलीपकुमार ढुंगानाले शपथ लिएका छन् । उनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले ढुंगानालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । शपथसँगै उनले पदबहाली गरेका छन् । ढुंगानाले व्यवस्थापन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको जनाइएको छ । 

शपथग्रहण कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको संस्थागत सुशासन तथा जोखिम व्यवस्थापनमा जोड दिई नेपाल सरकार तथा राष्ट्र बैंकको नीति–निर्देशनलाई अंगीकार गर्दै ग्राहकमुखी व्यवसाय वृद्धिमा बैंक लाग्नुपर्ने बताए । नवनियुक्त अध्यक्ष ढुंगानाले बैंकिङ क्षेत्रमा आफ्नो लामो अनुभव भएको बताउँदै सदैव बैंकको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अध्यक्ष ढुंगानालाई बैंकको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए ।

बैंकले हालै जाजरकोट केन्द्रविन्दु भई भूकम्प प्रभावित क्षेत्रमा राष्ट्र बैंकले आवास कर्जा लगानी गर्दा आधार दरमा २ प्रतिशत प्रिमियम जोडी लिन सक्ने भने तापनि बैंकले १ प्रतिशत मात्र प्रिमियम लिई आवास कर्जा लगानी गरी समाजप्रति उत्तरदायीपूर्ण कार्य गरिरहेको जनाएको छ ।