१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० असोज १२ शुक्रबार ११:५९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राष्ट्रिय वाणिज्य बैंकले एक हजार कर्मचारीलाई तालिम दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज १२ शुक्रबार ११:५९:००

राष्ट्रिय वाणिज्य बैंकले एक हजार कर्मचारीलाई तालिम दिने भएको छ । बैंकले तालिमका लागि नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबिआई)सँग सर्टिफिकेसन कोर्सको बैंकिङ तालिम सञ्चालन गर्नेसम्बन्धी सम्झौता गरेको हो । 

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेसनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौताअनुसार चालू आव ०८०÷८१ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको कार्यदक्षता अभिवृद्धिका लागि नेसनल बैंकिङ इन्स्टिच्युटले हाललाई एक हजारजना कर्मचारीलाई जेएएनबिआई, सिएएनबिआई, मुडिजलगायतको सर्टिफिकेसन कोर्सको बैंकिङ तालिम प्रदान गर्ने उल्लेख छ । 

सम्झौतापत्रमा हस्ताक्षरपछि बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले लिएको उद्देश्य हासिल गर्नका लागि नियमित रूपमा कर्मचारीलाई तालिम दिइरहेको बताए । तालिमले तालिम लिने व्यक्ति र संस्था दुवैको कार्यदक्षता वृद्धि भई जोखिम न्यूनीकरण हुने उनको भनाइ थियो । इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताए । 

यसले संस्थाको उत्पादकत्व वृद्धि हुने उनको भनाइ थियो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले बैंकले कर्मचारीलाई अन्तर्राष्ट्रियस्तरको तालिम प्रदान गर्ने बताइन् । बैंकको हाल ७७ वटै जिल्लामा दुई सय ८४ शाखा, ६५ एक्सटेन्सन काउन्टर, दुई सय ६९ एटिएम र ९९ वटा शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।