१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २८ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २८ आइतबार o७:४१:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

गोदावरी सेमिफाइनलमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २८ आइतबार o७:४१:oo

बागमती गाउँपालिकालाई ७–० ले हराउँदै आयोजक गोदावरी नगरपालिका उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार गोदावरी– १० झ्यालुन्टारस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालामा आयोजकलाई जिताउन अरुण लामाले चार, अनिल बम्जन लामाले दुई र सायर तामाङले एक गोल गरे ।

जितसँगै तीन खेलमा सात अंक जोडेको गोदावरी समूह ‘ए’ को विजेता बन्यो । तीनै खेलमा हार व्यहोरेको बागमती अंकविहीन बन्यो । ललितपुर महानगरपालिकासँग समान अंक रहे पनि गोदावरी गोलअन्तरमा अगाडि रह्यो । ललितपुरले शनिबारै च्यासल मैदानमा सम्पन्न महालक्ष्मी नगरपालिकाविरुद्ध १० को जित दर्ता गरेको थियो ।

दुवै टोली समूह चरणबाटै बाहिरिए । यसअघि गेदावरीले महालक्ष्मीलाई ६–१ ले पराजित गर्दा ललितपुरसँग १–१ को बराबरी खेलेको थियो । बागमती ललितपुरसँग ७–३ तथा महालक्ष्मीसँग ५–१ ले पराजित भएको थियो ।