१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार ११:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

रावा बैंकका नवनियुक्त अध्यक्ष सुवेदीले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:२५:oo

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बाबुराम सुवेदीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । बैंक सञ्चालक समितिको बैठकले सुवेदीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेपछि उनले राष्ट्र बैंकका गभर्नरसमक्ष शपथ लिएका हुन् । 

नवनियुक्त अध्यक्ष सुवेदी अर्थशास्त्र तथा जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण रहेको जनाइएको छ । हाल उनी नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव पदमा कार्यरत छन् ।

शपथग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम तिम्सिना ढुंगाना, राष्ट्र बैंकका उच्च पदाधिकारीहरू र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्वय देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, कम्पनी सचिव हेमराज खरेललगायतको उपस्थिति थियो । 

ad
ad