१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
विश्व वित्तीय सप्ताहकाे अवसरमा राष्ट्रिय वाणिज्य बैंककाे काेटेश्वर शाखाले शुक्रबार गरेकाे वित्तीय साक्षारता कार्यक्रम ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार ११:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

विश्व वित्तीय सप्ताहमा राष्ट्रिय वाणिज्य बैंकको कोटेश्वर शाखाले दियो वित्तीय साक्षरता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:५o:oo

विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक)को अवसरमा राष्ट्रिय वाणिज्य बैंकको कोटेश्वर शाखाले युवाहरूलाई वित्तीय साक्षरता प्रदान गरेको छ। 

विश्व वित्तीय सप्ताह बालबालिका तथा युवाहरूमा वित्तीय शिक्षाको जागरण ल्याउन वार्षिक रूपमा विश्वभर एकसाथ यो अभियान मनाउने गरिएको छ।

नेपालले पनि यस वर्ष मार्च २२ देखि २८ सम्म सप्ताह मनाउँदै छ। यस अवसरमा वाणिज्य बैंकका सबै शाखाले यस साताभर वित्तीय साक्षारता कार्यक्रम सञ्चालन गरिरहेका छन्। 

काठमाडौं प्रशिक्षण केन्द्र कोटेश्वरमा शुक्रबार भएको कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकको कोटेश्वर शाखाका प्रबन्धक विजयप्रकाश पौडेलले वित्तीय साक्षरतासम्बन्धी जानकारी दिएका थिए। कार्यक्रममा १९ जना सहभागी थिए।

सन् २०१२ देखि सुरु गरिएको यो सप्ताह हाल एक सय ७६ राष्ट्रले मनाउने गरेका छन्। ग्लोबल मनी विक हरेक वर्ष अर्गनाइजेसन अफ इकनमिक कर्पोरेसन एन्ड डेभलपमेन्टको संयोजनमा मनाउने गरिन्छ।

अभियान सुरु भएदेखि हालसम्म विश्वका ६ करोड बालबालिका र युवाबीच अभियान पुगिसकेको छ। पछिल्लो एक वर्षको अवधिमा विश्वभरका १२ करोड मानिसहरू अभियानमा जुटिसकेका छन्।

ad
ad