मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक २२ शनिबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७७ कार्तिक २२ शनिबार o५:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

द्वन्द्व व्यवस्थापनका लागि संघीयता मान्दिनु परेकाे हो, देशलाई खाँचो थिएन : पूर्वमन्त्री बाँस्कोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ कार्तिक २२ शनिबार o५:४८:oo

पूर्वमन्त्री गोकुल बाँस्कोटाले संघीयता बाध्यता भएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा उनले द्वन्द्व व्यवस्थापनका लागि संघीयता मानिदिएको बताएका छन् ।

‘संघीय गणतन्त्र राजनीतिक व्यवस्था अनि नेपाल देशको नाम । यसमा चाहिँ के प्रतिगमन भएछ हँ ? प्रदेशहरू खारेज भएको त छैन । द्वन्द्व व्यवस्थापनका लागि मान्दिनुपरेको न हो, देशलाई खाँचो त थिएन संघीयता । लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलबार घुमाउने भएछन् । कमरेडका दुःख पनि कहिल्यै नसकिने के !’

प्रधानमन्त्रीनिकट मानिने पूर्वमन्त्री बाँस्कोटाले लेखेका छन् । सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्न परिपत्र जारी गरेपछि यसमाथि बहस गर्ने र प्रश्न उठाउनेलाई पूर्वमन्त्री बाँस्कोटाले जवाफ दिएका हुन् ।

गत ११ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा मातहत निकायमा २८ असोजमा जारी जारी परिपत्रमा उल्लेख छ । कानुन मन्त्रालयबाट गत असोज २८ मा जारी परिपत्रअनुसार ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को स्थानमा ‘नेपाल’ मात्र लेख्नुपर्ने भएको छ ।

 

सङ्घीय गणतन्त्र राजनीतिक ब्यवस्था अनि नेपाल देशकाे नाम।यस्मा चै के प्रतिगमन भएछ हँ?प्रदेशहरु खारेज भएकाे त छैन।द्वन्द...

Posted by Gokul Baskota on Friday, November 6, 2020