मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ कार्तिक ७ शुक्रबार २२:२३:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

मास्क नलगाए दुई वर्ष जेल सजाय

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ कार्तिक ७ शुक्रबार २२:२३:००

इथोपिया सरकारले मास्क नलगाएको खण्डमा दुई वर्ष जेल सजाय हुने गरी नयाँ कानुन जारी गरेको छ । 

संसारका धेरै देशहरुले कोरोना महामारीबाट जोगिन मास्कको प्रयोगलाई स्वास्थ्य सुरक्षाको अनिवार्य मापदण्डका रुपमा लिंदै आएका छन् । यद्यपी अमेरिकालगायत केही देशले भने मास्कको प्रयोगलाई खासै महत्व दिएका छैनन् । 

इथोपिया सरकारले भने मास्कलाई कोरोना संक्रमण रोक्ने महत्वपूर्ण र अनिवार्य उपाय भन्दै नागरिकहरुलाई सचेत तुल्याउन दण्डसजायको व्यवस्था गरेको जनाएको छ । 

इथोपियाका महान्याधिवक्ताले सिएनएनलाई दिएको जानकारी अनुसार, आपतकालिन अन्त्यको घोषणा भएपनि मास्क लगाउन भने नागरिकका लागि अनिवार्य गरिएको हो । 

सरकारले जारी गरेको निर्देशिका अनुसार, कुनै पनि नागरिकले हात मिलाउन र मास्क नलगाई सार्वजनिक स्थानमा घुमफिर गर्न पाउने छैनन् । यतिमात्रै होइन, सार्वजनिक स्थानमा या होटललगायतका ठाउँमा बस्दा कम्तीमा ६ फिटको दूरी अनिवार्यरुपमा कायम गर्नु पर्नेछ । 

“कोरोना नदेखिँदा नागरिकहरुले लापरवाही गरेको पाइयो ।” इथोपियका स्वास्थ्यमन्त्री लिया टाडेस्सेले भनिन्, ‘यसले संक्रमण बढने र देशकै लागि संकट निम्त्याउन सक्छ ।’

अफ्रिकाको दोश्रो ठूलो जनसंख्या भएको इथोपियाले गत अप्रिलमा कोरोना संक्रमण रोकथाम गर्न आपतकालको घोषणा गरेको थियो । गत सेप्टेम्बरमा भने संकटकालको अन्त्य भएको घोषणा गरिएको थियो ।

इथोपियामा हालसम्म ९१ हजार १ सय १८ जनामा कोरोना देखिएको छ भने १ हजार २ सय ८४ जनाको मृत्यु भएको छ ।
गत अगस्तमा भने संक्रमण उच्चतम बिन्दुमा पुगेको थियो । हालसम्म कूल संक्रमणको दुई प्रतिशतको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संकटकालको अन्त्यपछि नागरिकहरुले स्वास्थ्य सुरक्षामा लापरवाही गर्ने र सुरक्षा मापदण्डमा ध्यान नदिएपछि सरकारले कडा कदम चालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारका तर्फबाट महान्यायाधिवक्ताले विज्ञप्ति जारी गर्दै मास्क लगाउन अनिवार्य बनाएको हो । 

संक्रमणकै जोखिम रहेको कारण इथोपियाले क्षेत्रीय र संसदीय निर्वाचनलाई समेत सारेको छ । गत अगस्तमा निर्धारित ती निर्वाचनहरु अब भने अर्को वर्ष हुने भएका छन् । 

आवरण तस्वीर: सिएनएनबाट