१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रासस/सिन्ह्वा
२०७७ कार्तिक ६ बिहीबार १७:३२:००
Read Time : < 1 मिनेट
विश्व

भियतनामको बाढी र पहिरोमा ११४ को मृत्यु, २१ बेपत्ता

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा
२०७७ कार्तिक ६ बिहीबार १७:३२:००

भियतनाममा वर्षाका कारण बाढी र पहिरो जाँदा कम्तीमा ११४ जनाको मृत्यु हुनुको साथै कम्तीमा २१ व्यक्ति बेपत्ता भएका छन् ।  भियतनामको प्राकृतिक प्रकोप रोकथाम तथा नियन्त्रण केन्द्रीय परिचालन समितिका अनुसार यो संख्या बिहीबारसम्मको हो ।

क्वाङ ट्रि, थुवा थिएन ह्यु, क्वाङ नामलगायतका प्रान्तमा गत साताको अन्तमा परेको वर्षाका कारण कम्तीमा ५९ हजार तीन सय घरपरिवारका कम्तीमा दुई लाख ६ हजार आठ सय व्यक्तिलाई सुरक्षित स्थलमा सारिएको छ ।

हा तिन्ह र क्वाङ न्ही प्रान्तमा कम्तीमा ४६ हजार आठ सय घर डुबानमा परेका र कम्तीमा ६ लाख ९१ हजार एक सय चौपाया मरेका वा बाढीले बगाएका बताइएको छ । भियतनामको उद्योग तथा व्यापार मन्त्रालयका अनुसार विस्थापितकाे पुनः स्थापना गर्न थालिसकिएको छ भने व्यावसायिक अनियमितता हुन नदिन अनुगमनलाई कडा पारिएको छ ।

मौसम विज्ञान विभागले हा तिन्ह, क्वाङ विन्ह, क्वाङ त्री र थुवा थेन हुवा क्षेत्रमा अझै पहिरो र डुबानको उच्च जोखिम रहेको चेतावनी दिएको छ ।