१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक ३ सोमबार
  • Friday, 04 July, 2025
२o७७ कार्तिक ३ सोमबार १८:३७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हराएका ६६ थान मोबाइल सम्बन्धित धनीलाई फिर्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक ३ सोमबार १८:३७:oo

लमजुङ प्रहरीले विभिन्न समयमा हराएका ६६ थान मोबाइल अनुसन्धानपश्चात् नियन्त्रणमा लिई सम्बन्धित व्यक्तिलाई बुझाएको छ । प्रहरीले पीडितहरूले दिएको निवेदनका आधारमा तीन महिनादेखि हराएका मोबाइल खोजी अभियान सुरु गरेको हो । प्रहरीले फेला पारेका मोबाइलमध्ये ३३ थान मोबाइलधनीलाई सोमबार बुझाएको छ । यसअघि पनि प्रहरीले ३३ थान मोबाइल सम्बन्धित धनीलाई फिर्ता गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगाबहादुर थापाका अनुसार सोमबार ७ लाख ७७ हजार र यसअघि ४ लाख ८० हजार पाँच सय मूल्यबराबरको हराएका र चोरी भएका मोबाइल सम्बन्धित धनीलाई फिर्ता गरिएको हो । 

बेसीसहर नगरपालिका– ७ का विष्णु घिमिरेको ६० हजारको आइफोन खरिद गरेको केही समयमा हराए । मोबाइल हराएपछि उनी तुरुन्त जिल्ला प्रहरी कार्यालय लमजुङमा निवेदन दिन पुगे । सिम ब्लक गराए अनि मोबाइल खोजिदिन आग्रह गर्दै प्रहरीमा निवेदन दर्ता गराए । 

हराएको दुई वर्षमा मोबाइल सोमबार उनको हात पऱ्याे । मोबाइल हराएको दुई वर्षामा प्रहरी कार्यालयबाट घिमिरेलाई फोन आयो– मोबाइल भेटियो, लिन आउनुहोला । उनलाई भने हराएकोे आइफोन भेटिँदैन भन्ने लागेको थियो । ‘मोबाइल हराए पनि प्रहरीको सक्रियतामा फेला पर्ने रहेछ,’ उनले भने । 

यस्तै बेसीसहरकी लीला गुरुङको हराएको मोबाइल पनि प्रहरीले फिर्ता गरिदियो । सोमबार जिल्ला प्रहरी कार्यालय लमजुङ पुगेर आफ्नो मोबाइल फिर्ता लिँदै उनले भनिन्, ‘लक नै नखोलेको मोबाइल घरबाट हराएपछि प्रहरीमा निवेदन दिएँ, भेटिएला भन्ने आस थिएन, तर १८ महिनापछि मोबाइल प्रहरीले भेट्टाएर फिर्ता गर्दा साह्रै खुसी लाग्यो ।’ 


लमजुङका डिएसपी थापा भन्छन्, ‘प्रहरीले प्रविधिकै प्रयोग गरेर हराएका मोबाइला फेला पारेर सम्बन्धित धनीलाई नै फिर्ता गरिदिन्छ ।’ डिएसपी थापाले प्रहरीको यो अभियानले धेरै प्रयोगकर्ताको मोबाइल फेला परेको बताए । 

जिल्ला प्रहरी कार्यालय लमजुङले तीन महिनादेखि हराएको मोबाइल खोजी अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्स्पेक्टर ओमप्रकाश पुनले बताए ।