मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ३ सोमबार १८:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभामुखले दसैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ३ सोमबार १८:१४:००

सभामुख अग्निप्रसाद सापकोटाले दसैँ भत्ता सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्ने भएका छन् । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन्- मलाई प्राप्त चाडपर्व खर्च कोरोना कोषमा उपलब्ध गराउने व्यवस्था गरेको जानकारी गराउँछु ।  

उनले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै :
विश्वव्यापी कोरोना प्रकोपको महामारी र त्यसबाट उत्पन्न संकटको घडीमा संघीय संसद्का माननीय सदस्यहरूलाई उपलब्ध गराइएको चाडपर्व खर्चलाई लिएर विभिन्न टिप्पणीहरू आएको सन्दर्भमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाल सरकारको गत वर्षको निर्णयले उपलब्ध गराउँदै आएको सुविधाका सन्दर्भमा देशको हालको संकटपूर्ण अवस्थालाई मध्यनजर गरी सत्तापक्ष तथा प्रमुख प्रतिपक्ष दलले गरेको सुझबुझपूर्ण निर्णयप्रति हार्दिक धन्यवाद दिन चाहन्छु। देशको आर्थिक अवस्था संकटपूर्ण रहेको वर्तमान अवस्थामा यस कदमले सरकारको कोरोना प्रकोप नियन्त्रण गर्ने अभियानमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरेको छु।

संघीय संसद्का माननीय सदस्यहरू तथा संसदीय दलका पदाधिकारीलगायत पार्टीका नेतृत्वबाट गरिएको यो सराहनीय प्रयासमा प्रदेश सभाका माननीय सदस्यहरूबाट पनि सकारात्मक प्रतिक्रिया सहित सहयोग जुट्ने आशा गर्दछु। 

अन्तमा, मलाई प्राप्त चाडपर्व खर्च कोरोना कोषमा उपलब्ध गराउने व्यवस्था गरेको जानकारी गराउँछु ।