मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक १ शनिबार
  • Friday, 11 July, 2025
रासस/एएनआई
२o७७ कार्तिक १ शनिबार १५:२३:oo
Read Time : < 1 मिनेट
विश्व

फिलिपिन्समा ५.४ म्याग्निच्युडको भूकम्प

Read Time : < 1 मिनेट
रासस/एएनआई
नयाँ पत्रिका
२o७७ कार्तिक १ शनिबार १५:२३:oo

फिलिपिन्समा शनिबार बिहानै भूकम्प गएको छ । फिलिपिन्सको अक्सिडेन्टल मिन्डोरो प्रान्तमा ५.४ म्याग्निच्युडको भूकम्प गएको हो । फिलिपिन्सको भूगर्भसम्बन्धी कार्यालयले स्थानीय समयअनुसार बिहान ४ः०५ मिनेटमा भूकम्प गएको जनाएको छ । लुकटाउनदेखि २१ किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा केन्द्रबिन्दु भएर भूकम्प गएको अधिकारीले जनाएका छन् । 

भूकम्पको धक्का धेरै मानवबस्तीहरूमा महसुस गरिएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । भूकम्पपछि त्यस क्षेत्रका बासिन्दा त्रसित भएर घरबाहिर निस्किएका थिए । 
भूकम्पपछि कुनै मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार धेरै परकम्पको सम्भावना रहे पनि आँधीको चेतावनी भने दिइएको छैन ।