१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ३० शुक्रबार १५:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गाउँपालिका अध्यक्षमाथि भएको कुटपिटका दोषीउपर कारबाही गर्न कांग्रेसको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ३० शुक्रबार १५:४१:००

नेपाली कांग्रेसले बैतडी, सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टमाथि २८ असोजमा भएको कुटपिटका दोषीहरूमाथि यथाशीघ्र कारबाहीको माग गरेको छ । 

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर जननिर्वाचित प्रतिनिधिमाथि कुटपिट भएको विषयमा दोषीमाथि कारबाही नभएकोमा आपत्ति जनाएका हुन् । 

उनले जनप्रतिनिधिमाथि कुटपिट भएको दुई दिन बितिसक्दा पनि आरोपीहरू नसमातिएकोमा सरकार अपराधी गतिविधि नियन्त्रणमा उदासीन बनेको आरोप पनि लगाएका छन् । 

कुटपिटमा संलग्नहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न उनले माग गरेका छन् ।