१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २६ सोमबार १०:२९:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

पूर्वप्रधानन्यायाधीश रायमाझीको पुस्तक ‘न्यायपालिकामा चार दशक’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २६ सोमबार १०:२९:००

पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीको संस्मरणात्मक कृति ‘न्यायपालिकामा चार दशक : मेरा सम्झना’ आइतबारदेखि बजारमा आएको छ । न्यायपालिकामा चार दशक बिताएका रायमाझी सात महिना सर्वोच्च अदालतको प्रधानन्यायाधीश थिए । उनले राजा ज्ञानेन्द्र शाहद्वारा गठित भ्रष्टाचार नियन्त्रण शाही आयोग विघटनको फैसला गरेका थिए ।

न्याय सेवाको अधिकृत र जिल्ला न्यायाधीश हुँदै सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदासम्मका चार दशकमा लेखक रायमाझीले भोगेका रोचक घटनाक्रम यसमा समेटिएका छन् । ‘मेरा अनुभव खुला रूपमा मैले पुस्तकमा राखिसकेको छु । अब यो सार्वजनिक सम्पत्ति भएको छ र आफ्ना प्रतिक्रिया जनाउन सबै स्वतन्त्र हुनुहुन्छ,’ लेखक रायमाझी भन्छन्, ‘न्याय क्षेत्रमा प्रवेश गर्न चाहने नयाँ पिँढीले पढिदिए मलाई विशेष खुसी हुनेछ ।’ 

पुस्तकलाई सांग्रिला बुक्सले प्रकाशन गरेको हो । ‘यो पुस्तक नेपालको न्यायिक इतिहासका भित्री पाटाहरूलाई चियाउने एउटा आँखीझ्याल हो,’ सांग्र्रिला बुक्सका मणि शर्मा भन्छन् । न्याय र कानुनलाई रुखो विषय मान्नेहरूले पनि घटना र प्रस्तुति शैलीका कारण आख्यानको स्वाद पाउने पुस्तक प्रकाशक संस्था सांग्रिलाले विश्वास गरेको छ । शर्माका अनुसार पुस्तकमा संविधान, कानुन र न्यायमा हुने जालझेलको तथ्यपूर्ण विवरण, राजनीति र न्यायबीचको संघर्षका विविध आयाम, न्यायालयभित्र र बाहिरका पात्र तथा प्रवृत्ति चिन्न यसले सघाउँछ ।