
पाठ्यक्रम विकास केन्द्रले स्वीकृतिविना विदेशी पुस्तक बिक्री–वितरण नगर्न निर्देशन दिएको छ । निजी विद्यालयले केन्द्रबाट स्वीकृत नलिई विदेशी पुस्तक बिक्री–वितरण गरेको भन्दै कारबाही गर्ने चेतावनी दिएको हो ।
केन्द्रले स्थानीय तहका शिक्षा शाखा र जिल्ला शिक्षा विकास तथा समन्वय इकाइलाई मंगलबार पत्रचार गर्दै कारबाही गर्न निर्देशन दिएको छ । निजी र सरकारी विद्यालयले अनावश्यक पुस्तक किनाउने गरेको भेटिएमा पनि कारबाही गर्ने भनेको छ ।
कानुनतः कुनै पनि निजी तथा सरकारी विद्यालयले अनुमतिविना विदेशी पुस्तक प्रयोग गर्न पाउँदैनन् । बिक्री–वितरण तथा प्रयोग गर्नुपरेमा अनुमति लिनुपर्छ ।