१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार २१:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

मणि अर्यालको नयाँ पुस्तक ‘फिर्ती’ उपन्यास सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार २१:१४:oo

लेखक मणि अर्यालको नयाँ पुस्तक ‘फिर्ती’ उपन्यास सार्वजनिक भएको छ । सम्पूर्ण किताबको आयोजनामा भएको कार्यक्रममा कवि गोविन्दराज विनोदी, लेखकका मातापिता पुरुषोत्तम अर्याल र हेमकुमारी अर्याल, समीक्षक उदय अधिकारी, प्रतिमा सिलवाल र लेखराम सापकोटाले पुस्तक विमोचन गरेका हुन् ।

भरतपुर महानगरपालिका– १० चितवनमा जन्मिएका मणि अर्याल हाल बाँकेको खजुरामा स्थायी बसोवास गर्छन् । सफल गीतकारको परिचय बनाएका अर्यालका आधा दर्जनभन्दा बढी म्युजिक भिडियो युट्युबमा उपलब्ध छन् ।

आफ्नो पहिलो आख्यान ‘फिर्ती’ पाठकसामु ल्याएका अर्यालको यसअघि कुटी निबन्धसंग्रह प्रकाशित छ । गीत, निबन्ध र आख्यानमा कलम चलाउने अर्याल नेपाल प्रज्ञा प्रतिष्ठानको काव्य विभागका सदस्य हुन् ।

समीक्षक उदय अधिकारी र प्रतिमा सिलवालले विभिन्न बाध्यतामा बिदेसिएकाहरूको कथा, व्यथा समेटिएको फिर्ती सरल भाषामा लेखिएको ओजपूर्ण उपन्यास भएको बताए । कार्यक्रममा रमेश प्रभात, रेशम विरही र सूर्यप्रकाश कँडेलले शुभकामना मन्तव्य राखेका थिए । 

ad
ad