१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:११:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य प्रिन्ट संस्करण

नमस्तेलाल भूमिले ल्याए दुई पुस्तक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:११:oo

वातावरणविद् नमस्तेलाल भूमिले ‘पोजेटिभ थट, सर्च एन्ड एक्सन’ र ‘नमस्तेलाल देशभित्र, देशबाहिर’ पुस्तक ल्याएका छन् । शनिबार दमौलीमा उनले लेखेका दुई पुस्तकको प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले विमोचन गरे ।

भण्डारीले धेरै प्रकारका विविधता, संस्कार र संस्कृति भएको देश विकासमा पछि पर्नुमा सकारात्मक भावनाको कमी भएको बताए । उनले यस्ता पुस्तक प्रकाशित गरिनु उपयुक्त भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।

मानव जीवनसँग जोडिएका पक्षलाई पुस्तकमार्फत प्रस्तुत गरिएकाले उनको भाव र कर्मलाई बुझेर व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । नेपाललाई आधारभूत सरसफाइयुक्त राष्ट्र बनाउने अभियानमा नेतृत्वदायी भूमिका खेलेका श्रेष्ठले समाजमा सकारात्मक भावना फैलाउने उद्देश्य लिएर पुस्तक लेखेको भन्दै सांसद भण्डारीले सराहना व्यक्त गरे ।

कार्यक्रममा विभिन्न वक्ताले पुस्तकले समाजलाई सुखी र खुसी बनाउन टेवा पुग्ने हुँदा आगामी दिनमा नैतिक शिक्षा दिने खालको पुस्तक प्रकाशित गर्नुपर्नेमा जोड दिए । 

ad
ad