१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ असोज २१ बुधबार ११:०४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

प्रदेश १ मा काेराेना संक्रमणदर दैनिक तीन सय 

Read Time : < 1 मिनेट
२०७७ असोज २१ बुधबार ११:०४:००

प्रदेश १ मा कोरोना संक्रमितको संख्या झन् बढ्न थालेको छ । १५ असोजमा दैनिक एक सय ८२ जना रहेको संक्रमण दर २० असोजमा तीन सय ३० पुगेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या आठ हजार एक सय पाँचजना पुगेको छ ।

हालसम्म यो प्रदेशबाट चार हजार एक सय २२ जना संक्रमित निको भएर उपचार केन्द्रबाट डिस्चार्ज भइसकेका छन् । डिस्चार्ज हुनेहरूमा एक हजार एक सय ६ महिला र तीन हजार १५ जना पुरुष छन् । 

सबैभन्दा बढी मोरङ र सबैभन्दा कम सोलुमा 
सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार हालसम्म प्रदेश १ को मोरङमा सबैभन्दा बढी चार हजार एक सय ७५ जना संक्रमित पुगेका छन् । त्यसपछि सुनसरीमा दुई हजार दुई सय ६८ जना र झापामा नाै सय २७ जना पुगेका छन् ।

अन्य जिल्लाहरूमध्ये उदयपुरमा एक सय ४१, संखुवासभामा ८५, खोटाङमा ३६, धनकुटामा ५२, पाँचथरमा ३१, ताप्लेजुङमा १८, भोजपुरमा ३१, तेह्रथुमा ३६, सोलुखुम्बुमा आठ र  ओखलढुंगामा ३२ जना संक्रमित पुगेका छन् । हालसम्म प्रदेश १ मा प्रदेशबाहिरका एक सय ७७ जना कोरोना संक्रमित भेटिएका छन् ।