१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ असोज ५ सोमबार १७:००:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश १ मा थपिए एक सय १९ संक्रमित 

Read Time : < 1 मिनेट
२०७७ असोज ५ सोमबार १७:००:००

प्रदेश १ मा एक सय १९ जना कोरोना संक्रमित थपिएका छन् ।सोमबार थपिएका नयाँ संक्रमितमध्ये मोरङका एक सय पाँच, सुनसरी नौ, झापा दुई, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिका एक–एकजना छन् । 

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा आज १६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म दुई हजार पाँच सय ५२ जना संक्रमित काेराेनामुक्त भएका छन् । 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ताप्लेजुङ, सुनसरी र झापामा एक–एकजना महिलाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ रहेकाे छ । अहिलेसम्म प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार ६ सय ९३ पुगेको छ ।