Skip This
पहिचानको प्रस्ताव अस्वीकृत भएपछि बैठकमा धरधरी रोइन् सांसद लिम्बू 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १७ बुधबार
  • Friday, 26 July, 2024
गणेश लम्साल विराटनगर
२o७९ फाल्गुण १७ बुधबार १९:२१:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

पहिचानको प्रस्ताव अस्वीकृत भएपछि बैठकमा धरधरी रोइन् सांसद लिम्बू 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ फाल्गुण १७ बुधबार १९:२१:oo

प्रदेश १ को नामाकरणका लागि दर्ता भएको पहिचानसहितको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि जसपाकी सांसद निर्मला लिम्बू सभामा धरधरी रोइन्।

प्रदेश १ सभामा विपक्षी दल एकीकृत समाजवादीसमेतले पहिचानसहित प्रदेशको नाम किराँत लिम्बू वा सगरमाथा हुनुपर्ने भन्दै सचिवालयमा दर्ता गराएर संसदको बैठकमा टेबल गराएको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि सांसद लिम्बू रोएकी हुन्। 

प्रस्ताव अस्वीकृत भएपछि सत्ताधारी दल एमालेले दर्ता गराएको कोसी प्रदेशसम्बन्धी प्रस्ताव बहुमतले सैद्धान्तिक छलफलका लागि स्वीकृत भएको थियो। 

सैद्धान्तिक छलफलमा बोल्ने क्रममा जसपाकी सांसद तथा वर्तमान सरकारकी स्वाथ्यमन्त्री लिम्बूले पीडा लुकाउन सकिनन्। सबैको हक अधिकारको सम्मान हुन नसकेको र आफूले जनतासँग गरेको बाचा पूरा गर्न नसकेको भन्दै उनी भक्कानिएकी थिइन्। 

उनले पहिचानको पक्षमा नामाकरण हुन नसक्नु बिडम्बना भएको भन्दै व्यक्तिगत जीवन छाडेर राजनीतिमा आएकोमा आत्मालोचना गरिन्।

सैद्धान्तिक छलफलमा बोल्ने क्रममा रोष्ट्रममा पुगेकी सांसद लिम्बूले रुँदै भनिन्, ‘म आफ्नो व्यक्तिगत जीवन छाडेर अधिकारका लागि राजनीतिमा लागेँ, बिडम्बना जनतासँग गरेको वाचा पूरा गर्न सकिनँ। मैले पहिचानको विषय नउठाएको भए पनि हुनेरहेछ, म सबैसँग माफी माग्न चाहन्छु।’ 

प्रदेश १ सरकारको नेतृत्व गरिरहेको एमालेले कोसी प्रदेश नाम राख्ने गरी प्रदेश सभामा प्रस्ताव दर्ता गराएपछि प्रदेश सभामा त्यसमाथि छलफल चलिरहेको छ। सैद्धान्तिक छलफल सकिएर दुई घण्टाका लागि बैठक स्थगित भएको छ। पुनः सुरु हुने बैठकमा मतदान प्रक्रियाबाट प्रदेशको नामाकरण टुंगो लगाउने कार्यतालिका छ।