१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २९ बिहीबार ०६:१९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अब सेयर जारी गर्नुअघि स्वतन्त्र मूल्य निकालिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २९ बिहीबार ०६:१९:००

धितोपत्र बोर्डले बुक बिल्डिङ निर्देशिका कार्यान्वयनमा ल्याएसँगै बजारमा सेयर जारी गर्ने कम्पनीले स्वतन्त्र मूल्य कायम गर्न सक्ने भएका छन् । धितोपत्र बोर्डले बुधबार यससम्बन्धी निर्देशिका जारी गरेको हो । 

यसअघि सेयर जारी गर्न चाहने कम्पनीले या त अंकित मूल्य (रु १ सय)मा वा विभिन्न मापदण्ड पुर्‍याएर नेटवर्थको दुई गुणासम्म हुने गरी प्रिमियम मूल्य तोक्न सक्ने व्यवस्था थियो । अब भने कम्पनीको साख, भावी सम्भावनाका आधारमा पनि मूल्यांकन हुनेछ । वास्तविक क्षेत्रका कम्पनी आउन मुख्य अवरोधका रूपमा मानिएको मूल्यांकनमा अपनाइने नयाँ प्रक्रियाले भने यस्ता क्षेत्रलाई बजारमा आउन आकर्षित गर्ने सम्भावना छ ।

यसरी सेयरको मूल्यांकन गर्ने अधिकार भने सेयर बजारमा लगानी गर्न स्थापित कम्पनी र धितोपत्र व्यापारी (ब्रोकर, स्टक डिलर, मर्चेन्ट बैंकर)लाई हुनेछ । लगानी कम्पनीको नेटवर्थ भने कम्तीमा १० करोड रुपैयाँबराबर हुनुपर्नेछ । यी संस्थाहरूले धितोपत्र बोर्डमा योग्य संस्थागत लगानीकर्ताका रूपमा काम गर्न निवेदन दिनुपर्नेछ । 

यसरी सेयरको मूल्यांकन गर्न योग्य संस्थागत लगानीकर्तालाई सार्वजनिक आह्वान गर्नुपर्नेछ । यो अहिले गरिँदै आएको निष्कासन आह्वानभन्दा अगाडि गर्नुपर्नेछ । योग्य संस्थागत लगानीकर्ताले कम्पनीले जारी गर्नेमध्ये १० प्रतिशत सेयरमा बोलकबोलमार्फत मूल्य निर्धारण गर्नेछन् । सबैले बोलकबोलमा सहभागिता जनाउन सक्ने गरी सूचना प्रवाह गर्नुपर्ने र उनीहरूले स्वचालित विद्युतीय प्रणालीबाट सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ ।