मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o चैत १ बिहीबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o चैत १ बिहीबार o८:२९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धितोपत्र बोर्डको अध्यक्षका लागि १८ जनाको आवेदन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o चैत १ बिहीबार o८:२९:oo

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १८ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा बोर्डमा निमित्त प्रमुख डा. नवराज अधिकारी, कार्यकारी निर्देशक कृष्णराज पोखरेल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, तत्कालीन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्की रहेका छन् । त्यस्तै, नेप्सेका पूर्वसिइओ सीताराम थपलिया, नेपाल बैंकका पूर्वसिइओ कृष्णबहादुर अधिकारी, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरी, डा. केशवप्रसाद श्रेष्ठ, मुक्ति अर्याल, बिमल तिवारी, प्रवीण पन्दाक, रघु काफ्ले, सन्तोष प्रसाद श्रेष्ठ, शंकरमान सिंह, खगेन्द्र कटुवाल, शिवहरि श्रेष्ठले आवेदन दिएका छन् । 

सरकारले माघ ४ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । जसमा उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा अर्थसचिव कृष्णहरि पुष्कर र शंकरदेव क्याम्पसका प्राध्यापक उदय निरौला सदस्य छन् । सिफारिस समितिले गत १५ फागुनमा राष्ट्रिय दैनिकमार्फत सूचना निकालेको थियो । सिफारिस समितिले ‘अध्यक्ष नियुक्तिका लागि सिफारिससम्बन्धी कार्यविधि २०८०’ तयार पारेको छ । 

धितोपत्रसम्बन्धी ऐन, २०६३ मा भएको व्यवस्थाबमोजिम राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा समितिले धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि कार्यविधि बनाएपछि आवेदन खुला गर्नुपर्छ । अध्यक्ष उम्मेदवारले विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । 

१५ दिनभित्र आवेदन परेपछि सिफारिस समितिले सर्वप्रथम तोकिएबमोजिमको योग्यता र अनुभव भएका आवेदकहरूले दरखास्त साथ पेस गरेको व्यावसायिक कार्ययोजनाको परीक्षण गर्नेछ । परीक्षणबाट प्राप्त अंकको आधारमा औसत अंक निर्धारण गरी कार्ययोजनाबापतको अंक मूल्यांकन गरिनेछ । उम्मेदवारको शैक्षिक योग्यता क्षमताका आधारमा मूल्यांकन गरी पाँचजनाको नाम छनोट गरिने कार्यविधिमा उल्लेख छ ।

छनोटमा परेका उम्मेदारले पुनः व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण गर्नुपर्नेछ । व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणको मूल्यांकन, शैक्षिक योग्यता अन्तर्वार्तालगायतको मूल्यांकनका आधारमा तीनजनाको नाम छनोट मन्त्रिपरिषद्मा पेस गरिनेछ ।