Skip This
तीन महिनादेखि धितोपत्र बोर्डबाट नयाँ आइपिओ निष्कासन ठप्प
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १२ शनिबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण १२ शनिबार o८:१५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तीन महिनादेखि धितोपत्र बोर्डबाट नयाँ आइपिओ निष्कासन ठप्प

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण १२ शनिबार o८:१५:oo

नेपाल धितोपत्र बोर्डले तीन महिनादेखि साधारण सेयर (आइपिओ) निष्कासनका लागि अनुमति दिएको छैन । बोर्डमा नयाँ अध्यक्ष नहुँदा पाइपलाइनमा रहेका कम्पनीले पनि अनुमति नपाएका हुन् । 

तत्कालीन बोर्ड अध्यक्ष रमेशकुमार हमालको कार्यकाल गत २२ पुसमा सकिएसँगै त्यसयता कुनै कम्पनीले अनुमति पाएका छैनन् । बोर्डका निमित्त अध्यक्षका रूपमा बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई तोकिए पनि उनी अनुमति दिने अधिकार आफूलाई नभएको भन्दै पन्छिने गरेका छन् । 

आइपिओ निष्कासनका लागि अनुमति दिने अधिकार आफूलाई नभएको र नयाँ अध्यक्ष नियुक्त नभएसम्म कुनै पनि कम्पनीको साधारण सेयर निष्कासनमा आउन सक्ने अवस्था नभएको उनले अधिकारीले बताए । करिब तीन महिनादेखि अनुमति नदिएपछि लगानीकर्ताले असन्तुष्टि पोखेका छन् । आइपिओ भनेको सर्वसाधारण लगानीकर्ताले पाउने अधिकार हो, यसलाई कुनै पनि बहानामा रोकेर राख्नुनहुने लगानीकर्ता सागर ढकालले बताए । उनले भने, ‘आइपिओ निष्कासनमा आउँदा बजारको माग र सप्लाई बढ्छ, यसले ढिलोचाँडो दोस्रो बजारलाई पनि सकारात्मक बनाउँछ ।’ 

हाल धितोपत्र बोर्डको पाइपलाइनमा पहिलो समीक्षाको चरणमा १८ वटा कम्पनी रहेका छन् । जसमा जलविद्युत् कम्पनीको ६ वटा कम्पनी रहेका छन् भने चारवटा उत्पादनमूलक समूहअन्तगर्तका रहेका छन् । यस चरणमा प्रिमियम मूल्यमा आइपिओ निष्कासन हुने तीनवटा कम्पनी रहेका छन् । होटेल तथा पर्यटन समूहको एक, लगानीगत समूहको एउटा कम्पनी रहेका छन् । यस चरणमा १६ अर्ब रुपैयाँबराबरको नौ करोड १५ लाख कित्ता सेयर निष्कासनका लागि तयारी अवस्थामा छन् ।

समीक्षा र प्रतिक्रियाको चरणमा बेनी हाइड्रोपावर कम्पनी रहेको छ । २० करोड ८० लाख रुपैयाँबराबरको २० लाख ८० हजार कित्ता निष्कासनका लागि अनुमतिको पखाईमा छ । निष्कासनका लागि अन्तिम समीक्षा र प्रक्रियामा रहेका कम्पनीमा १५ वटा रहेका छन् । जसमा यस चरणमा जगदम्बा स्टिलले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले ६ अर्ब रुपैयाँबराबरको दुई करोड कित्ता सेयर निष्कासन गर्न लागेको हो । यस चरणमा नौवटा जलविद्युत् समूह, चारवटा ‘अन्य’ समूहअन्तर्गतका रहेका छन् भने होटेल तथा पर्यटन समूह एक, उत्पादनमूलक समूह एक गरी ११ अर्ब २७ करोड रुपैयाँबराबरको ७२ करोड ५६ लाख कित्ता सेयर निष्कासनको पर्खाइमा छन् ।