विश्वभर शनिबारसम्म एक करोड २५ लाख ५० हजार ६ सय ३१ जना कोरोना संक्रमित निको भएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार शनिबारसम्म विश्वभरी एक करोड ९५ लाख ४९ हजार नौ सय एक जना संक्रमित भएका छन् ।
निकाे हुने घटाउँदा हाल विश्वभर सक्रिय संक्रमितको संख्या भने ६२ लाख ७५ हजार ८४ मात्र छ ।
संक्रमितमध्ये ६४ हजार नौ सय ९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
कोरोना भाइरस संक्रमणको कारण विश्वभरी सात लाख २४ हजार एक सय ८६ जनाको मृत्यु भएको पनि सो संगठनले जनाएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५० लाख ९५ हजार ७४८ जनामा कोरोना संक्रमित छन् । याे प्रकोपका कारण अमेरिकामा एक लाख ६४ हजार एक सय चारजनाको मृत्यु भइसकेको छ ।
दक्षिण अमेरिकामा ४६ लाख २५ हजार चार सय ५४ जना संक्रमित छन् । यहाँ एक लाख ५६ हजार आठ सय तीनजनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५९ लाख ९६ हजार चार सय दुईजना संक्रमित छन् । यहाँ दुई लाख ३२ हजार १२४ जनाको मृत्यु भएको छ ।
युरोपमा ३० लाख १० हजार पाँच सय १० जना कोरोना संक्रमितमध्ये भएकोमा दुई लाख ५ हजार ६४५ को मृत्यु भएको छ ।
एसियामा ४८ लाख ६८ हजार सात सय ४६ जनामा कोरोना संक्रमण छ । यहाँ एक लाख ६ हजार सात सय ४२ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा दश लाख २५ हजार चार सय ६४ जनामा संक्रमित भएका छन भने २२ हजार पाँच सय ५३ जनाको मृत्यु भएको छ ।
ओसियानामा २२ हजार पाँच सय ७२ जना संक्रमित भएको र तीन सय चारजनाको मृत्यु भएको छ ।