१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १३:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

युरोपमा श्वासप्रश्वाससम्बन्धी संक्रमण बढ्दो, सतर्कता अपनाउन आग्रह 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:४८:oo

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का एक प्रमुख अधिकारीले युरोपमा श्वासप्रश्वाससम्बन्धी रोगकाे बढ्दो घटनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन्। 

डब्लुएचओका युरोप क्षेत्रीय निर्देशक हान्स हेनरी पी क्लुजले कोपनहेगनमा आयोजित पत्रकार सम्मेलनमा इन्फ्लुएन्जाको संक्रमण र अस्पताल भर्ना हुनेको संख्यामा वृद्धि भएको उल्लेख गर्दै आगामी हप्ताहरूमा सम्भावित वृद्धिको सामनाका लागि तयारी गर्न अस्पताल तथा स्वास्थ्य केन्द्रसहित सम्बद्ध संघसंस्थालाई आग्रह गर।

‘नेसनल इन्स्टिच्युट फर पब्लिक हेल्थ एन्ड द इन्भाइरोनमेन्ट (आरआइभिएम)’ का अनुसार नेदरल्यान्डले अहिले श्वासप्रश्वाससम्बन्धी संक्रमणमा भइरहेको वृद्धिलाई कम गर्न सम्भावित प्रयासहरूलाई अगाडि बढाएको छ।

इन्फ्लुएन्जा भाइरस र कोरोना भाइरसलगायत चिसोबाट हुने विभिन्न संक्रमणहरू अहिले नेदरल्यान्डको जनसंख्यामा ‘सामान्य’ भएको आरआइभिएमले जनवरी १० सम्मको आफ्नो पछिल्लो अपडेटमा जनाएको छ। 

आरआइभिएमले चिसोजन्य समस्याका कारण संक्रमण भएकोजस्ता लक्षण देखिएका व्यक्तिको संख्या बढ्दो क्रममा रहेको बताएको छ।

दुई हप्ता पहिले प्रतिएक लाखमा २७ जनाले चिसोजन्य संक्रमणको गुनासो लिई चिकित्सकीय सेवाका लागि अस्पताल वा स्वास्थ्य केन्द्रमा अनुरोध गरेकोमा गत हप्ता प्रतिएक लाखमध्ये ४४ मा यो समस्या देखिएको रिपोर्टमा उल्लेख छ।

आरआइभिएमका अनुसार हालैको तथ्यांकले इन्फ्लुएन्जा भाइरसको घटनामा पनि वृद्धि भएको देखाएको छ। तथ्यांकमा फ्लुजस्ता लक्षण देखिएका व्यक्तिहरूको लगभग ३५ प्रतिशत नमुनाहरूमा संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो। अघिल्लो हप्ता यो दर १३ प्रतिशत रहेको थियो। 

इटालीका स्वास्थ्यकर्मीले गत शुक्रबार इटालीमा कम्तीमा १५ वर्षयताकै सबैभन्दा खराब फ्लु लहरका कारण अस्पताल चर्को दबाबमा रहेको बताएका छन्। इटालियन फेडेरेसन अफ हेल्थ अथोरिटिज एन्ड हस्पिटल्स (एफआइएएसओ) का अनुसार गत साता आपतकालीन कक्षमा भर्ना हुनेको संख्या २० देखि ३० प्रतिशतले बढेको छ।

नयाँ वर्षको सुरुवातदेखि नै कोभिड– १९ र फ्लुको संक्रमण तीव्र रूपमा बढेपछि स्पेन सरकारले जनवरी १० देखि अस्पताल र स्वास्थ्य केन्द्रहरूमा मास्कको अनिवार्य प्रयोगलाई पुनः लागू गरेको छ। स्पेनमा श्वासप्रश्वाससम्बन्धी रोगहरूमा तीव्र वृद्धि भएको छ र बासिन्दाहरूमा संक्रमण दर प्रतिएक लाखमा नाै सय ५२ भन्दा बढी पुगेको छ। स्वास्थ्यमन्त्री मोनिका गार्सियाले गत हप्ता ‘चिसोजन्य संक्रमण अत्यधिक भएको चेतावनी दिएका थिए।  

मंगलबार कोपनहेगनमा आयोजित पत्रकार सम्मेलनमा क्लुजले जोखिममा रहेको जनसंख्यालाई कोभिड– १९ र इन्फ्लुएन्जाको खोपमा अद्यावधिक राख्नुपर्ने बताएका थिए। उनले सन् २०२० को डिसेम्बरमा कोभिड– १९ विरुद्धको खोप सार्वजनिक भएयताको महत्वपूर्ण सफलता मिलेको पनि बताए। 

सम्मेलनमा डब्लुएचओ युरोपको नेतृत्वमा गरिएको नयाँ अध्ययनले सुरक्षित र प्रभावकारी कोभिड– १९ खोपका कारण हाम्रो क्षेत्रमा कम्तीमा १४ लाख मानिसको ज्यान जोगिएको देखाएको डब्लुएचओले जानकारी गराएको छ ।

डब्लुएचओको अध्ययनअनुसार ६० वर्षमाथिका व्यक्तिका लागि यो खोप प्रभावकारी देखिएको छ, खोपले ९० प्रतिशतभन्दा बढी ज्यान बचाएको छ। 

सन् २०२० को डिसेम्बरमा खोप प्रयोग सुरु भएयता डब्लुएचओेको युरोपेली क्षेत्रमा कोभिड– १९ का कारण हुने मृत्युमा ५७ प्रतिशतले कमी आएको छ र पहिलो बुस्टर डोजले मात्र अनुमानित सात लाख मानिसको ज्यान जोगाएको छ।    

क्लुजले कोभिड– १९ जेएन–१ संस्करणको तीव्र फैलावटप्रति चिन्ता व्यक्त गर्दै सतर्कता अपनाउन आग्रह गरे। 

ad
ad