१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ८ मंगलबार o८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आर्मीलाई राष्ट्रिय महिला हक्कीको उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o८:oo:oo

त्रिभुवन आर्मी क्लबले छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगिताको मंगलबार धुलिखेलमा भएको फाइनलमा गण्डकीलाई ४–१ ले हराउँदै आर्मीले उपाधि हात पारेको हो । उपाधिसँगै आर्मीले एक लाख र उपविजेता गण्डकीले ७५ हजार रुपैयाँ पाएका छन् ।

आर्मीलाई च्याम्पियन बनाउन सरस्वती तामाङले दुई गोल गरिन् । यसैगरी, सीमा खड्का र कमला चन्दले समान एक गोल गरेका थिए । गण्डकीकी सीतामाया बलले एक गोल फर्काइन् । खेलको चौथो मिनेटमा सरस्वतीले आर्मीलाई १–० को अग्रता दिलाइन् । आर्मीले अग्रता लामो समयसम्म कायम राख्न सकेन । 

खेलको १६औँ मिनेटमा गण्डकीले १–१ बराबरी गोल गरेको थियो । गण्डकीकी सीताले बराबरी गोल गरेकी हुन् । सुरुवाती क्रममा प्रतिस्पर्धात्मक देखिएको फाइनल सरस्वतीको व्यक्तिगत दोस्रो गोलसँगै एकपक्षीय भयो । खेलको १८औँ मिनेटमा उनले आर्मीलाई २–१ को अग्रता दिलाइन् । खेलको २४औँ मिनेटमा कमलाले आर्मीलाई ३–१ को स्थितिमा राखिन् । पहिलो हाफमा आर्मी ३–१ ले अघि रह्यो । खेलको ५७औँ मिनेटमा सीमाले आर्मीलाई ४–१ को बलियो स्थितिमा राखिन् । 

 सुदूरपश्चिम तेस्रो
यसैगरी, तेस्रो स्थानका लागि भएको खेलमा सुदूरपश्चिमले मधेशलाई १–० ले हरायो । सुदूरपश्चिम प्रदेशका लागि खेलको २७औँ मिनेटमा बबिता उराउले एक मात्र निर्णायक गोल गरेकी थिइन् । प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीले जनही १० हजार रुपैयाँ पाएका छन् । आर्मीकी सरस्वतीले समग्रमा १० गोल गर्दै उत्कृष्ट स्कोरर भइन् । सुदूरपश्चिमकी नमिता एसके इमर्जिङ खेलाडी बनिन् । गण्डकीकी गोमा परियार उत्कृष्ट गोलरक्षक भएकी छिन् । आर्मीकी सरिता मेचे उत्कृष्ट डिफेन्डर र आर्मीकै निलिमा पाण्डे सर्वोत्कृष्ट खेलाडी भएको आयोजकले जनाएको छ । 

ad
ad