Skip This
भोलि ललितपुर महानगरमा बिदा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Saturday, 27 July, 2024
फायल तस्बिर
२o८१ जेठ ८ मंगलबार १९:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भोलि ललितपुर महानगरमा बिदा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १९:५३:oo

ललितपुर महानगरले बुधबार महानगरमा स्थानीय बिदा दिएको छ। महानगरले रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा बुधबार नरिवल खसाल्ने शुभ मूहुर्त भएकोले ललितपुर महानगर कार्यालय र मातहतका कार्यालयमा बिदा दिएको हो।

महानगरको नगर कार्यपालिकाको वैशाख १८ गते बसेको बठैकले नरिवल खसाल्ने दिन बिदा दिने निर्णय गरेको थियो। महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठद्धारा मंगलबार जारी सूचनामा बुधबार बिदा दिने उल्लेख गरिएको छ। 

सूचनामा भनिएको छ , ‘महानगरपालिका मनाइने नेपालकै लामो र ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथयात्रा रथ तान्ने क्रममा नरिवल खसाल्ने दिन उल्लेख्य भक्तजनको उपस्थिति हुने र धार्मिक महत्वको दिन भएकाले विदा दिने निर्णय भए बमोजिम ललितपुर महानगरपालिका र मातहतका कार्यालयमा स्थानीय बिदा दिइएको छ।’

रातो मच्छिन्द्र नाथको रथयात्रा वैशाख २९ गतेबाट सुरु भएको हो। रातो मच्छिन्द्रनाथ वर्षा र सहकालका देवता हुन्। अन्नका देवता, सहकालका देवता, लोकेश्वर लगायतका नामले रातो मच्छिन्द्रनाथ प्रख्यात छन्। 

लिच्छविकालमा देशभर अनिकाल लाग्दा रातो मच्छिन्द्र उपत्यका प्रवेश गरेपछि पानी परेको कम्बदन्ती छ। प्रत्येक वर्ष वैशाख कृष्ण प्रतिपदादेखि रातो मच्दिन्द्रनाथको रथयात्रा गर्ने परम्परा रहँदै आएको छ। 

पुल्चोबाट रथयात्रा सुरु भएपछि गाबहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई जात्रा सम्पन्न गरिन्छ। त्यसपछि मच्छिन्द्रनाथलाई बुडमतीा राखेर राखिन्छ। सुन्धाराबाट लगनखेल पुगेपछि नरिवल खसाल्ने परम्परा छ।