Skip This
गण्डकीका मुख्यमन्त्रीको विश्वासको मतविरुद्धको रिट हेर्दाहेर्दैमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Saturday, 27 July, 2024
२o८१ जेठ ८ मंगलबार १८:२९:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

गण्डकीका मुख्यमन्त्रीको विश्वासको मतविरुद्धको रिट हेर्दाहेर्दैमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १८:२९:oo

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले २३ वैशाखमा लिएको विश्वासको मतविरुद्ध परेको रिट सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ। 

मंगलबार दुई पक्षको बहससँगै सुनुवाइ नसकिएपछि सर्वोच्चले रिट हेर्दाहेर्दैमा राखेको हो। रिटको पेसी जेठ ९ गते बुधबारका लागि तोकिएको छ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० जनाको समर्थनलाई बहुमत मान्दै विश्वासको मत पाएको सभामुखले घोषणा गरेका थिए। त्यसविरुद्ध नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २५ वैशाखमा रिट दर्ता गरेका थिए।

रिट दर्तापछि २८ वैशाखमा भएको दुई पक्षको बहसपछि न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले कारण देखाऊ, अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।