मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार १९:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मिडियालाई दबाबमा राख्ने प्रयास निन्दनीय : एकीकृत समाजवादी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १९:oo:oo

नेकपा (एकीकृत समाजवाद) पार्टीले मिडियालाई दबाबमा राख्ने कुनै पनि प्रयास निन्दनीय रहेको बताएको छ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउको विषयमा विज्ञप्तिमार्फत एकीकृत समाजवादीले यस्तो धारणा सार्वजनिक गरेको हो।

उक्त घटनाले प्रेस र राज्यकाबीच द्वन्द्व सिर्जना गर्न खोजिएको सो पार्टीको जिकिर छ।

‘मिडियालाई दबाबमा राख्ने कुनै पनि प्रयास निन्दनीय छ। यो कार्य कान्तिपुरको निडर पत्रकारिताविरुद्ध गरिएको षड्यन्त्र होइन भन्ने कुरा सरकारले तुरुन्त पुष्टि गर्नुपर्छ,’ पार्टीका महासचिव घनश्याम भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।