१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o७:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

औलोको उच्च जोखिममा बाँके : सात महिनामा ९६ मा संक्रमण पुष्टि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:२६:oo

बाँकेमा सात महिनामा ९६ जनामा औलो रोगको संक्रमण पुष्टि भएको छ । आठ पालिकाले गरेको सर्वेक्षणअनुसार सबैभन्दा धेरै नरैनापुर गाउँपालिकामा ८० जनामा औलोका बिरामी फेला परेका छन् ।जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार  नेपालगन्ज उपमहानगरपालिका तथा राप्तीसोनारी र डुडुवा गाउँपालिका पाँच–पाँचजनामा संक्रमण पाइएको छ । बैजनाथ गाउँपालिकामा एकजनामा औलो पुष्टि भएको छ ।

सन् २०२५ भित्र औलो उन्मूलन गर्ने सरकारको लक्ष्य रहेका वेला बाँकेमा साउनयता मात्र ८० जना बिरामी फेला परेको गौतमले बताइन् । ‘यसले बाँके औलोको उच्च जोखिममा रहेको देखिन्छ । औलो रोगबाट विशेष गरी गर्भवती महिला तथा पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा हुन्छन् । संक्रमितलाई पालिकामा विशेष निगरानी बढाएको छ,’ उनले भनिन् । 

रोग नियन्त्रण तथा व्यवस्थापनका लागि नेपाल सरकार, स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा स्वास्थ्य कार्यालय र स्थानीय तहको संयुक्त पहलमा किटनाशक झुल वितरण र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनले बताइन् । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा औलोका प्लाज्मोडियम फाल्सिपारम र प्लाज्मोडियम भाइभेक्स गरी दुई प्रजातिका परजीवी पाइने गरेको छ । 

डुडुवा गाउँपालिकामा औलो रोगका बिरामी फेला परेपछि उच्च सतर्कता अपनाइएको छ । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माका अनुसार डुडुवा–४ स्थित शाहपुर्वा र मोल्हुपुर्वामा एक–एक महिला पुरुषमा औलो पुष्टि भएको छ । 
उनीहरूको रगत (आरडिटी र माइक्रोस्कोपिक) परीक्षण गर्दा औलो रोग पुष्टि भएको हो । 

औलो पुष्टि भएको वडामा घरधुरी सर्वेक्षण सुरु गरिएको छ । तीनजनाका दरले चारवटा समूहमा १२ जना स्वास्थ्यकर्मी परिचालन गरी घरधुरी सर्वेक्षणसँगै स्वास्थ्य शिक्षा, परामर्श र सचेतना अभियान सञ्चालन गरिएको शर्माको भनाइ छ । ‘स्थानीयलाई ज्वरोलगायतका सामान्य लक्षण देखिनेबित्तिकै नजिकको स्वास्थ्य संस्थामा रगतको नमुना परीक्षण गराउन भनेका छौँ,’ शर्माले भने, ‘पालिकामा रहेका सबै स्वास्थ्य संस्थामा रगत परीक्षण निःशुल्क गर्ने व्यवस्था मिलाएका छौँ ।’ 

घरधुरी सर्वेक्षणपछि रोगबाट बच्न निःशुल्क किटनाशक झुल वितरण गर्ने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । ‘पालिकाका केही वडामा औलो रोग भेटिएको छ । थाहा पाउनेबित्तिकै स्वास्थ्यकर्मी परिचालन गरी व्यवस्थापन गरिरहेका छौँ । औलो फैलिन नदिन उच्च सतर्कता अपनाएका छौँ,’ चौधरीले भने । 

ad
ad