१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ४ आइतबार १२:४७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सार्वजनिक यातायात सोमबारबाट चलाउन यातायात व्यवसायी तयार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ४ आइतबार १२:४७:००

सरकारको निर्णयअनुसार भोलि (सोमबार) बाट सवारीसाधन सञ्चालन गर्न व्यवसायीहरू तयार भएका छन् ।

सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायी भोलिबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् । 

यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीले सोमबारबाट यातायात सञ्चालन गर्ने बताएका छन् । 

विभागका महानिर्देशक गोगनबहादुर हमालले भोलि (सोमबार) बिहानबाट यातायात सञ्चालन हुने बताए । 

सरकारी निर्णयअनुसार व्यवसायी र यातायात मजदुरहरूका प्रतिनिधिहरूसँगको छलफलपछि उनीहरू सञ्चालन गर्न तयार भएको उनले जानकारी दिए । 

कोभिड संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरू कडाइका साथ पालना पनि गरिने उनले बताए । 

सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीहरूले उठाउँदै आएका मागहरू मौद्रिक नीतिमार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताए । 

नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा व्यवसायीहरूका अधिकांश मागहरू सम्बोधन भएको उनले बताए । 

अहिले सार्वजनिक यातायात एउटा जिल्लाभित्र मात्र सञ्चालनमा आउनेछ । 

काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन् । 

अहिले पनि साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायातलगायत माइक्रो र टेम्पुहरू सञ्चालनमा रहेका छन् । 

व्यवसायीहरूले लामो दूरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन् ।