१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ३१ शनिबार १३:२६:००
Read Time : < 1 मिनेट
समाचार

संविधान संशोधनको पक्षमा मतदान गर्न समाजवादी पार्टीले जारी गऱ्यो ह्विप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ३१ शनिबार १३:२६:००

समाजवादी पार्टीकाे संसदीय दलले संविधान संशोधनको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

समाजवादी पार्टीको शनिबार बसेको संसदीय दलको बैठकमा नेपालको नयाँ नक्साको पक्षमा उभिने निर्णय गरेको सो पार्टीका सांसद प्रदीप यादवले बताए । 

उनका अनुसार बैठकले सरिता गिरीलाई आफ्नो प्रस्ताव फिर्ता लिन पनि निर्देशन दिएको छ । गिरीले नयाँ नक्साका लागि दर्ता भएको संविधान संशोधनमाथि संशोधन प्रस्ताव राखेकी थिइन् । 

यसैगरी राजपा संसदीय दलकाे बैठकले पनि संविधान संशाेधनकाे पक्षमा मतदान गर्ने निर्णय गरेकाे साे पार्टीका सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए । 

यी दुवै पार्टी एकीकरण भएर जनता समाजवादी गठन भए पनि संसदमा अलग अस्तित्वमा नै छन् । 

सरकारले नेपालकाे नयाँ नक्सा जारी गरेपछि साेहीअनुसार संविधानमा मिलान गर्न संविधान संशाेधनकाे प्रस्ताव संसदमा दर्ता गराएकाे छ । उक्त प्रस्तावमा शनिबार मतदान हुँदै छ ।