मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख ६ बिहीबार
  • Friday, 14 August, 2026
२o८१ बैशाख ६ बिहीबार १६:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीले गरे दाबी पेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ६ बिहीबार १६:११:oo

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका छन्।

नेकपा एमाले समर्थन गर्न तयार भएपछि सोडारीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। उनी आजै मुख्यमन्त्री नियुक्ति हुने सम्भावना छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावललाई फाेन गरेर निर्देशन दिएपछि एमाले एकीकृत समाजवादीका नेता साेडारीलाई समर्थन गर्न तयार भएकाे हाे।

एमालेले नेता सोडारीकाे नाममा आपत्ति जनाउँदै उनकाे विकल्प खाेज्न एकीकृत समाजवादीलाई आग्रह गरेकाे थियाे।एमालेसहित माओवादी, नागरिक उन्मुक्तिलगायत स्वतन्त्र सांसदकाे समर्थनमा साेडारीले मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन्। दाबी पेस गर्न आज साँझ ५ बजेसम्मकाे म्याद छ।