मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ बैशाख ७ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ७ शुक्रबार १२:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ७ शुक्रबार १२:o३:oo

नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरूको सदस्यताका साथै प्रतिनिधिको संगठित सदस्यको सदस्यता परीक्षण गर्ने भएको छ। 

पार्टीमातहतका कमिटीले प्रदान गरेको सदस्यता एवं नवीकरणका सबै प्रक्रियाको प्रमाणीकरण गर्न लागिएको महासचिव घनश्याम भुसालले  जानकारी दिए। उनका अनुसार पार्टीले यही वैशाख १५ गतेभित्र सम्बन्धित सदस्यको शुल्कसहितको नवीकरण कागजात, नामावली विवरण केन्द्रमा पठाउन सबै कमिटी, विभाग, फाँटलाई निर्देशन दिएको छ। 

महासचिव भुसालले भने, ‘ यही वैशाख १५ गतेपछि प्रदान गरिएका र नवीकरण गरिएका संगठित सदस्यलाई आसन्न १०औँ महाधिवेशनका लागि समावेश गरिनेछैन।’ पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीलाई सम्बन्धित प्रतिनिधिको समयसीमाअगावै सिफारिस गरेका नामावलीलाई पार्टी केन्द्रीय संगठन विभागले यही वैशाख ३० गतेसम्म प्रमाणीकरण गरी सम्बन्धित निकायमा विवरण पठाउने उनले जानकारी दिए। 

मूल्यांकनका आधारमा प्रतिनिधिको सिफारिस गर्नेछन्। समीकरणमा आएको परिवर्तन, आन्तरिक तयारीको कमी, आसन्न उपनिर्वाचनलगायत कारणले महाधिवेशन सरेको भन्दै महासचिव भुसालले पार्टीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिए।