१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ जेठ ३० शुक्रबार १४:४८:००
Read Time : < 1 मिनेट
समाचार

काभ्रेका युवाको प्रदर्शन : बाँच्दासम्म हाहाकार, मरेपछि पिसिआर

Read Time : < 1 मिनेट
२०७७ जेठ ३० शुक्रबार १४:४८:००

कोरोना महामारी नियन्त्रणका नाममा सरकारले गरिरहेको लापरबाही र राज्य कोषको  रकम दुरुपयोग गरेको भन्दै  धुलिखेल र पनौतीका युवाले सडक प्रदर्शन गरेका छन् ।

देशभरका मुख्य सहरमा  हिजो प्रदर्शन गरे पनि काभ्रेमा भने आज  मात्र प्रदर्शन भएको हो ।

आज बिहान १० बजे धुलिखेलको सरस्वतीबजार र पनौतीको बसपार्कमा युवाहरूले एकसाथ प्रदर्शन गरेका छन् । बनेपामा भने दिउँसो ३ बजे प्रदर्शन गर्ने तयारी भइरहेको छ ।

प्रदर्शनमा सहभागीले कुर्सीमुनि कार्पेट, कार्पेटमुनि जनता, १० अर्ब खोइ ? बाँच्दासम्म हाहाकार मरेपछि पिसिआर, आरडिटी टेस्ट बन्द गर, सबै नागरिकको पिसिआर टेस्ट अनिवार्य गर, आत्महत्याको दर हेर इम्युनिटी पावर होइन, क्वारेन्टाइन व्यवस्थित गर, नेपाली नै नरहे नेपाल कहाँ रहला, खाएर बेसार, हुँदैन कोरोनाको उपचारजस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।