१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o९:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

देवको अलराउन्ड  प्रदर्शनमा लुम्बिनीको जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:२२:oo

कप्तान देव खनालको अलराउन्ड प्रदर्शनमा लुम्बिनी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–२० च्याम्पियनसिप लगातार दोस्रो जित निकालेको छ । शनिबार मूलपानी मािथल्लो मैदानमा भएको आफ्नो तेस्रो खेलमा लुम्बिनीले कोशी प्रदेशलाई ५० रनले पराजित गरेको हो । कोशी प्रदेशको भने यो दुई खेलमा लगातार दोस्रो हार हो ।

टस हारेर सुरुवातमा ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा कोशीले १९.४ ओभरमा अल आउट हुँदा मात्र ८८ रन जोड्न सकेको हो । कोशी कुनै समय ४०–७ को अवस्थामा थियो । कोशीका लागी सौजन घिमिरे र समीर कार्कीले ४१ रनको साझेदारी गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।

समीरले २३ र सौजनले १६ रन जोडे । अंकित सुवेदीले ११ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोशीलाई रोक्ने क्रममा लुम्बिनीका कप्तान देव, नर सार्की र अभिषेक गौतमले समान दुई विकेट हात पारेका हुन् । 

अल राउन्ड प्रदर्शन गरेका लुम्बिनीका कप्तान देव प्लेयर अफ दी म्याच घोषित भए । उनले ब्याटिङतर्फ २२ बलमा ४५ रन जोडे । दिल्साद अलीले १७ र कृष्ण कार्कीले अविजित १६ रन बनाएका हुन् । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोशीको दिपेश कँडेलले दुई विकेट लिए । 

सुदूरपश्चिमको सहज जित
दिनको पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ । सुदूरपश्चिमको दोस्रो खेलमा पहिलो जित हो । टस हारेर ब्याटिङ गरेको गण्डकीले १८.३ ओभरमा अल आउट हुँदा एक सय १८ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

सुदूरपश्चिम प्रदेशले १९ ओभरमा केवल १ विकेट गुमाएर जित निकाल्यो । सुदूरपश्चिमलाई सहज जित दिलाउने क्रममा खेलको प्लेयर अफ दी म्याच चुनिएका अभिषेक पालले सर्वाधिक ४९ रन बनाए । वसन्त कार्कीले अविजित ३७ र राजु रिजालले अविजित २९ रन बनाएका हुन् । गण्डकीका विपिन खत्रीले १९ बलमा अविजित ३० रन बनाए । रोशन गौतमले २३ बलमा २८ रन जोडे । 

ad
ad